नौ वर्षपछि तरुण दलको महाधिवेशन हुने

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ नेपाली काँग्रेसको भातृ संस्था तरुण दलको ९ वर्षपछि महाधिवेशन गर्ने तिथिमिति र कार्यतालिका सार्वजनिक गरेको छ । आगामी २०८२ मंसिर २६ गतेदेखि २८ गतेसम्म तरुण दलको पाँचौ महाधिवेशन हुने भएको हो । महाधिवेशनको कार्यतालिका अनुसार मंसिर १० गतेभित्र सातवटा प्रदेश, कार्तिक मसान्तभित्र जिल्ला कार्तिक २० गते भित्र प्रदेश सभा र संघीय निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न गरिसक्नुपर्नेछ ।
त्यसैले तरुण दलले आगामी भाद्र १५ गतेभित्र पूर्ण सदस्यता वितरण गर्ने र पालिकाहरुको अधिवेशन गर्ने तथा भाद्र मसान्तभित्र सदस्यता स्वीकृत र प्रतिनिधि अनुमोदन गरी पठाउने योजना बनाएको छ । दलको प्रकृया पनि कांग्रेसको कृयाशील सदस्यता वितरण जस्तै भएकाले यसलाई फोटोकपी भनिएको छ ।
काँग्रेसभित्रको गुट उपगुट र झैझगडाका कारण २०७३ सालपछि तरुण दलले अधिवेशन गर्न सकेको छैन । काँग्रेसका अन्य भातृ संस्थाहरुको हालत पनि तरुण दलकै जस्तै छ । विद्वान गुरुङ तरुण दलको अध्यक्ष बनेपछि संगठनका गतिविधिहरु चलायमान बन्न नसकेको जानकारहरुले बताएका छन् । काँग्रेस सभापति शेरबहादुर देउवाकै कारण सबै भातृ संस्थाहरुले अधिवेशन गर्न नसकी रुमल्लिरहेको श्रोतले बनाएको छ ।
भातृ संस्थाको यस्तो दुर्दशापूर्ण अवस्थामा पनि सभापति देउवाले २०८४ को निर्वाचनमा काँग्रेसले बहुमत ल्याउनुपर्ने रटान लगाउन छाडेका छैनन् । काँग्रेसभित्र संस्थापन पक्ष र संस्थापनइतर पक्षको द्वन्द्वले एकढिक्का हुनुपर्ने नेता तथा कार्यकर्ताहरु दुई धारमा विभाजित हुँदा संगठन कमजोर बन्न पुगेको काँग्रेसका भुक्तभोगीहरुले बताएका छन् । काँग्रेसमा स्वार्थको रोटी सेक्ने प्रवृत्तिले युवा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पनि खासै जनतामा आशा र भरोसा दिलाउन नसक्दा कार्यकर्ताहरु निरास बनेको चर्चा चलेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *