मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आमा तथा आफन्तसँगको भेटघाटमा विवाद हुन सक्छ त्यसैले त्यसतर्पm ध्यान दिनुहोला । प्रविधि तथा सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला । राजनीति तथा समाजसेवा गर्नेहरुका लागि यो साता जनताको आलोचनात्मक समर्थन प्राप्त हुने भएकाले सोचेर मात्र कुनै पनि निर्णय गर्नु होला । कृषि तथा पशुपालन व्यवसायमा समय लगानी गर्नेहरूले मनग्गे धन आर्जन गर्ने समय रहेको छ । यो साता बैङ्क तथा वित्तीय क्षेत्रमा आम्दानी बढाउन सकिनेछ । सवारी साधनको खरिद बिक्रीबाट नाफा कमाउन सकिने खालको साता छ ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिने खालको साता छ । सोही कारण प्रतिस्पर्धीहरू परास्त हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जाने खालको साता छ छ । अध्ययन अध्यापनमा प्रगति गरी गन्तव्य भेटाउन सकिनेछ । दाजुभाइ तथा छिमेकीहरूसँगको सम्बन्धमा सुधार भएर जानेछ । आफन्तसँग गरिने व्यापार व्यवसायबाट प्रशस्त आम्दानी हुने ग्रहयोग रहेकोले यो साता उनीहरुसँग कारोबार गर्दा लाभ नै हुने देखिन्छ । उद्योगमा लगानी बढाएमा त्यसको प्रतिफल राम्रोसँग कमाउन सकिनेछ । छोटो तथा रमाइलो यात्रा गरी सकारात्मक नतिजा हात लगाउन सकिने खालको साता भएकाले यात्रातर्फ पनि सोच बनाउँदा राम्रै हुने देखिन्छ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) विगतमा गरिएको कामको सकारात्मक नतिजा आउने हुनाले मन प्रसन्न रहनेछ । रोकिएर बसेका कामहरू सम्पादन हुने खालको साता छ । नयाँ काम गर्ने वातावरण बन्नेछ । सवारी साधन तथा मेसीनरी औजारको सरसफाइ तथा पूजापाठमा समेत समय व्यतित हुनेछ । प्रेममा रमाउन चाहनेहरूका लागि समयले साथ दिनेछ । राजनीति तथा सामाजिक क्षेत्रमा राम्रा काम गर्न सकिने भएकाले त्यसतर्फ लाग्दा उपलब्धी नै हुनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) नयाँ प्रविधिको प्रयोगमार्फत रचनात्मक काम गरी मनग्गे धन आर्जन गर्न सकिने खालको साता छ । आफन्त तथा कुटुम्बको धन परिचालन गरेर आम्दानी बढाउन सकिनेछ । विछोड भएका सम्बन्धहरू पुनः सुचारु हुनेछन् । आफन्त तथा अग्रजहरूको सहयोगले राम्रा काम गर्न सकिनेछ । मेसीनरी औजार तथा आफूले प्रयोग गर्ने सामानको सरसफाइ तथा पूजापाठमा समय व्यतित गर्न पाउँदा मन प्रसन्न हुनेछ । यो साता आफूले चलाउने सवारी साधनहरुको मर्मत सम्भार गरी त्यसलाई चुस्त दुरुस्त राख्दा उचित हुने देखिन्छ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) समय मध्यम खालको रहेकोले स्वास्थ्यमा समस्या आई खर्च बढ्ने योग रहेको छ । माया प्रेममा अविश्वास बढ्ने तथा परिवारका अग्रज व्यक्तित्वसँग राय बाझिनेछ । विदेशी सामानको व्यापार व्यवसायबाट भने मनग्गे धन आर्जन गर्न सकिनेछ खालको साता छ । अध्ययन तथा कामको सिलसिलामा विदेशी भूमिमा हुनुहुन्छ भने समयले साथ दिनेछ । पूजापाठ तथा धर्मकर्ममा समय व्यतित हुनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) पैतृक धन तथा सञ्चित धन सम्पत्तिको प्रयोगमार्फत आम्दानी बढाउन सकिनेछ । प्राकृतिक स्रोत साधनको प्रयोग तथा परिचालनमार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । इच्छा तथा चाहना बुझ्न सकिने हुनाले प्रेममा उमङ्ग छाउनेछ । आफन्त तथा दाजुभाइको सहयोगले सवारी साधनको खरिद गर्न सकिनेछ । यात्रा, खानपान तथा मनोरञ्जनमा समय व्यतित हुनेछ । पूजापाठ तथा सरसफाइमा समय खर्च हुनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) राजनीति तथा समाजसेवामा जनताको समर्थनले राम्रा काम गर्न सकिनेछ । खाद्यान्न, कपडा, धार्मिक सामग्री तथा गरगहनाको व्यापारमा प्रशस्त आम्दानी गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यवसायलाई समय सापेक्ष आधुनिककरण गरी लाभ लिन सकिनेछ । माया प्रेमको गाँठो कसिलो भएर जानेछ । मेसीनरी औजार सरसफाइ तथा पूजापाठमा समय व्यतित हुने खालको साता छ । पसलहरु गरी बसेकाहरुका लागि भने यो साता व्यापार व्यवसाय मध्यम खालको हुने देखिन्छ ।
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) खोज तथा अनुसन्धानको क्षेत्रमा सकारात्मक उपलब्धि हासिल हुनेछ । पढाइ लेखाइकै सिलसिलामा लामो तथा छोटो दूरीको यात्रा हुनेछ । स्वास्थ्य सबल हुनाले पुरुषार्थी काम गरी आम्दानी बढाउन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जाने तथा पतिपत्नी बीच अझ विश्वास बढेर जानेछ । खाद्यान्न, कपडा तथा निर्माण सामग्रीको लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । धार्मिक यात्रा हुने तथा धर्मकर्ममा मन जाने भएकाले यो साता त्यस्ता कर्ममा आफूलाई लगाउनु उचितै हुने देखिन्छ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यापारमा मन्दी आउनाले आर्थिक अवस्था नाजुक हुन सक्छ । आफन्त तथा चेलीहरूसँग मनमुटाब सिर्जना हुने खालको साता छ । व्यस्तता बढे पनि कमाई भने न्यून नै रहनेछ । बोल्दा वा खानपानमा ध्यान दिनुहोला । धार्मिकस्थल तथा पर्यटकीयस्थलको भ्रमण गर्ने अवसर जुर्नेछ । मेसीनरी औजार, भौतिक सम्पत्तिको सरसफाइ तथा पूजामा समय व्यतित हुनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) जीवनसाथीको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । निर्माण सामग्री तथा खाद्यान्नको व्यापार फस्टाएर जाने हुनाले दैनिकी सुदृढ हुनेछ । लामो दूरीको यात्राको प्रशस्त सम्भावना रहेको छ । प्रविधिको प्रयोग गरी आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ । घुमफिर तथा मनोरञ्जनमा समय व्यतित हुनेछ । धर्मकर्म तथा सरसफाइमा समय व्यतित हुनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) स्रोत साधन जुटाई नयाँ कामको थालनी गर्न सकिनेछ । व्यापार फस्टाएर जाने तथा थप लगानी गर्ने वातावरण बनाउन सकिनेछ । प्रतिस्पर्धीलाई किनारा लगाउँदै अधिकार तथा प्रतिष्ठा जोगाउन सफल होइनेछ । खाद्यान्न, निर्माण सामग्री, अटो पार्टस् तथा गरगहनाको व्यापारबाट नाफा कमाउन सकिनेछ । धार्मिक यात्रा हुने तथा धर्मकर्ममा मन जानेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) समय राम्रो रहेकोले थोरै समयमा उपलब्धिमूलक कामहरू बन्नेछन् । प्रयत्न गर्दा आटेका तथा चाहेका कामहरू बन्ने हुनाले आर्थिक अवस्था उत्तम हुनेछ । चिट्ठा पर्ने तथा नसोचेका धन सम्पत्ति हात लागि हुनेछ । पढाइ लेखाइकै सन्दर्भमा लामो दूरीको यात्रा हुनेछ । सन्तान तथा आफन्तको सहयोग पाउँदा मन प्रसन्न हुनेछ । मेसीनरी औजार सरसफाइ तथा धर्मकर्म पूजापाठमा समय खर्च हुनेछ ।
