काठमाडौं/ तस्विरमा देखिएका व्यक्ति गत भदौ २३ गते जेन–जीको आन्दोलनका क्रममा घाइते भएका व्यक्ति हुन् । उनको छाति र गालामा गोली लागेको थियो । त्यस्तो घाइते अवस्थामा पनि उनी अगाडि आएर निक्कै नै साहसका साथ भाषण गरेका थिए ।
उनले गरेको भाषण त्यो बेला सामाजिक सञ्जालमा भाइरल भएको थियो । आन्दोलनमा उत्रिएर घाइते नै भएका उनी भने साँच्चै जेन–जी उमेर समूहका व्यक्ति पनि रहेकाले उनलाई हालको मन्त्रिमण्डलमा सामेल गर्दा उचितै होला भन्ने खालका कुरा सामाजिक सञ्जालमा आइरहेका छन् । उनको नाम र अवस्था नखुले पनि उनको भाषण भाइरल भएको अवस्थामा उनलाई मन्त्री बनाएर युवापुस्तालाई जिम्मेदारी दिइएको भनी प्रधानमन्त्री सुशीला कार्कीले जेन–जी पुस्ताको सम्मान नै गरेको देखिने बताइएको छ ।
सुनसरीमा रहेका सामाजिक अभियन्ता सरोज बरालले ती व्यक्तिको खोजी गरी उचित जिम्मेदारी दिँदा राम्रै हुने प्रतिक्रिया दिनु भयो । ती व्यक्तिलाई युवा तथा खेलकुद मन्त्रीको जिम्मेदारी दिँदा उचित हुने भनी चर्चा चलेको छ ।
यिनलाई मन्त्री बनाउन माग
Facebook Comments Box
