नेपाल आइडलको उपाधि गंगा सोनामलाई

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ गंगा सोनामले लोकप्रिय गायन रियालिटी शो नेपाल आइडलको छैटौं सिजनको उपाधि जितेकी छिन् । राजधानीमा आइतबार सम्पन्न ग्राण्ड फिनालेमा उनी अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै विजेता घोषित भएकी हुन् । उनले नगद २५ लाख रुपियाँसहितको ट्रफी प्राप्त गरिन् ।
उनलाई तात्कालिन सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले ट्रफी हस्तान्तरण गरेका थिए । यस्तै फस्ट रनर्सअप बनेकी बबिता थापा मगरले नगद १० लाख रुपियाँ र सेकेन्ड रनर्सअप दर्शना गान्धारीले रु.५ लाख जितिन् ।
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० बडहरेकी बासिन्दा गंगाले गाउँकै चण्डेश्वरी मा.वि.बाट कक्षा १२ उत्तीर्ण गरेकी बताइएको छ । उनी बाल्यकालदेखि नै विद्यालयका सांगीतिक कार्यक्रमहरूमा सक्रियता देखाउँदै आएकी थिइन् । उनले अडिसनमा देउडा गीत डोली चढाई लैजान्या हो सुवा गाएर निर्णायकको मन जितेकी थिइन् ।
त्यसपछि थिएटर राउन्डमा प्रस्तुत गरेको साङ्गुरी बारी नि हो ले दर्शक र निर्णायकलाई झनै प्रभावित बनाएको थियो । निर्णायक न्ह्यू बज्राचार्यले उनलाई चर्चित गायिका रचना रिमालसँग तुलना गर्दै उनको श्वरलाई अग्र्यानिक नेपाली श्वर भनेर प्रशंसा गरेका थिए ।
यसअघि बुद्ध लामा, रवी ओड, सज्जा चौलागाईं, भूपेन्द्र थापा मगर र करण परियार नेपाल आइडलका विजेता भएका थिए । प्रतियोगितामा न्ह्यू बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी निर्णायक थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *