सञ्चारमन्त्रीले एमडी बनाउन अर्बौंको खेल

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ | सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल टेलिकमको प्रबन्ध निर्देशक छान्नका लागि पूर्वसञ्चारमन्त्री एवं एमाले नेता गोकुल बास्कोटाको घनिष्ठ व्यक्तिलाई पाँच अर्बको डिलमा ल्याउन लागेको आरोप लागेको छ । काँग्रेस नेतृत्वको सरकार र काँग्रेसकै सञ्चारमन्त्री भए पनि आर्थिक अनियमिततामा मुछिएका खड्गप्रसाद शर्मा ओलीनिकट व्यक्तिलाई मापदण्ड नै सच्याएर एमडी नियुक्ति गर्न सञ्चारमन्त्री कार्की र प्रधानमन्त्री शेरबहादुर देउवाको साला भुषण राणा लागिपरेको समाचार स्रोतले दाबी गरेको छ ।
सरकारको उक्त कदमको चाल पाएर कर्मचारी युनियन ल्त्ऋध्ग् ले विज्ञप्ति जारी गरी विरोधसमेत गरेको छ । सञ्चारमन्त्री कार्की एवं दूरसञ्चार क्षेत्रका माफियाहरुले टेलिकमलाई कौडीको भाउमा पु¥याउने स्वार्थअनुसार मोटो रकम लगानी गरेको टेलिकमका जानकारहरुले बताएका छन् । गत २०७८ पुस २२ मा तत्कालीन प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीको तीन वर्षे कार्यकाल सकिएपछि नेपाल टेलिकम नेतृत्वविहीन छ । हाल टेलिकमको निमित्त एमडीको जिम्मेवारी प्रतिमा वैद्यले सम्हालेकी छिन् । आर्थिक प्रलोभनमा परी चुनाव खर्च जुटाउनका लागि सञ्चारमन्त्री कार्कीले २०७२ सालमा बनेको निर्देशिका नै परिवर्तन गरेका छन् । परिवर्तन गरिएको मापदण्डमा दुई वर्ष उमेर घटाइएको छ भने काम गरेको दूरसञ्चारको अनुभव पनि तीन वर्ष घटाई ५८ वर्षको उमेर हद घटाएर ५६ वर्ष र १५ वर्ष काम गरेको अनुभव १२ वर्ष बनाइएको टेलिकम स्रोतले जनाएको छ ।
ओम्नी समूहसँग आबद्ध एवं ठेक्कापट्टामा सक्रिय पौडेललाई एमडी बनाउँदा टेलिकमका लोकतन्त्रवादी कर्मचारीहरुको शिर निहुरिएको टेलिकम कर्मचारी युनियन स्रोतले बताएको छ । टेलिकमभन्दा बाहिरका विवादित व्यक्ति पौडेललाई एमडी बनाउने तयारी अन्तिम चरणमा सञ्चार मन्त्रालयमा पुगेपछि टेलिकमका कर्मचारीहरुले चैत २३ बाट आन्दोलन शुरु गरेका छन् ।
जनताको नासो र सरकारको सम्पत्तिमा अनुभवहीन र सम्बद्ध विषयमा ज्ञान नै नभएका व्यक्तिलाई टेलिकममा छिराउन खोजिएको भन्दै विरोधका कार्यक्रम शुरु भएको छ । टेलिकमको निर्देशिका संशोधनका विषयमा सरकारविरुद्ध सर्वोच्च अदालत र उच्च अदालत पाटनमा समेत मुद्दा परेको थियो । चैत १६ मा सर्वोच्चले नियुक्ति प्रक्रियाविरुद्ध परेको रिट खारेज गरेपछि सञ्चारमन्त्री कार्कीको निर्देशनमा प्रक्रिया अघि बढेको जानकारहरुले बताएका छन् । प्रबन्ध निर्देशकका लागि नेपाल टेलिकममै ३०–३५ वर्ष बिताएका बुद्धिप्रसाद आचार्य, संगीता पहाडीलगायतका व्यक्तिहरुले आवेदन दिएका थिए । सञ्चारमन्त्री कार्कीलाई पैसाको अगाडि काँग्रेसको नीति, सिद्धान्त र काँग्रेसीहरुभन्दा वामपन्थी नै प्यारो भएकाले हात्ती र हात्तीछाप चप्पल उस्तै हो भनेजस्तै काँग्रेसलाई पनि एमाले कित्तामै दाँजिएको चर्चा छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *