भक्तपुर÷ नेपाली कांग्रेसको बागमती प्रदेश कार्यसमितिको १३औं पूर्ण बैठक आज शुक्रबारदेखि भक्तपुरको नगरकोटमा हुने भएको छ ।
भोलि शनिबारसम्म चल्ने उक्त बैठकमा कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सहभागिता रहने बताइएको छ । खड्काले बैठकको उद्घाटन गरेपछि बागमती प्रदेशका अध्यक्ष इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बैठक बस्ने बताइएको छ । कांग्रेसको केन्द्रीय समितिको बैठक बसिरहेको हालको अवस्थामा बागमती प्रदेश कार्यसमितिको यो बैठकको निर्णयलाई लिएर चासोका साथ हेरिएको बताइएको छ ।
कांग्रेसमा महाधिवेशनको विषय मुख्य रुपमा उठिरहेको तथा कांग्रेसले यस विषयमा कुनै निर्णय गर्न सकिरहेको छैन । यस्तो अवस्थामा बागमती प्रदेशस्तरित निर्णय आएमा त्यसले केन्द्रलाई निर्णय लिनका लागि मद्दत पुग्ने पनि चर्चा चलेको छ । राजधानी काठमाडौं समेत यसै प्रदेशमा पर्ने भएकाले पनि कांग्रेसको यो प्रदेशस्तरिय बैठकको निर्णयलाई चासोका साथ हेरिएको बताइन्छ ।
उता, आफ्नो जिल्ला अन्तर्गत पर्ने नगरकोटमा हुने उक्त बैठकको सफलताका लागि भक्तपुर कांग्रेसले पनि आवश्यक सहयोग गरिरहेको जनाइएको छ । यसका लागि भक्तपुर कांग्रेसका सभापति दुर्लभ थापाले सक्रियता बढाएको पनि बताइएको छ ।
भक्तपुरमा कांग्रेसको बैठक
Facebook Comments Box
