काठमाडौं/ बैंकिङ क्षेत्रमा साढे ५ दशक समय बिताउनुभएका पुराना बैंकर नारायणदास मानन्धरको आइतबार निधन भएको छ । उहाँले प्राइम कमर्सियल बैंकका संस्थापक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गर्नुभएको छ । मानन्धरको ८२ वर्षको उमेरमा निधन भएको बताइएको छ ।
२१ औं वाणिज्य बैंकका रुपमा स्वीकृति पाएको प्राइम बैंकलाई स्थापना र छोटो समयमै समकालीन बैंकको तुलनामा नयाँ उचाइमा पु¥याउन मानन्धरको योगदान रहेको बताइन्छ । त्यसअघि उहाँले केही समय अध्यापन समेत गराउनु भएको थियो ।
धानचामल गोदाम व्यवस्थापन कम्पनीको महाप्रबन्धक, कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंकमा उच्च व्यवस्थापनमा रहेर काम गरेको अनुभव मानन्धरमा रहेको थियो । तात्कालीन नेपाल बंगलादेश बैंक तथा लुम्बिनी बैंकको कार्यकारी प्रमुखको समेत जिम्मेवारी उहाँले सम्हाल्नुभएको थियो ।
व्यापार व्यवसाय प्रबद्र्धनका लागि बैंकिङ स्रोतमा पहुँच पु¥याउन महत्त्वपूर्ण भूमिका खेलेको भनी मानन्धरका कार्यहरुको प्रसंशा गरिने गरिएको छ । उहाँले काष्ठकला तथा मूर्तिकला क्षेत्रलाई समेत महत्त्व दिएका कारण ती क्षेत्रको विकासमा समेत मानन्धरको नाम जोडिने गरेको बताइन्छ । यसैगरी धितोभन्दा पनि सीपका आधारमा कर्जा दिई कालिगढलाई उद्यमी बनाउन उहाँको महत्त्वपूर्ण योगदान रहेको भनी उहाँको चर्चा हुने गरेको थियो ।
