ब्रायन ट्रेसी
एउटा सफल मानिसको दैनिक बानी कस्तो हुन्छ ? एउटा सफल मानिसले कुन त्यस्तो बानीलाई प्रत्येक दिन आफ्नो जीवनमा लागू गर्छ जसले उनलाई पैसा मनग्ये कमाउने हाम्रो समाजको २० प्रतिशत मानिस भित्र पार्दछ । एरिस्टोटल भन्छन् – “तिमीले जे गर्दछौ, त्यसको ९५ प्रतिशत तिम्रो बानीको नतिजा हो”। त्यसकारण नराम्रो बानी बनाउनको सट्टा यस्तो राम्रो बानी बसाउँ र जुन बानीलाई तिमीले आफ्नो गुरु अर्थात् मास्टर बनाऊ ।
भनाइ छ नि राम्रो बानी बसाउन गाह्रो हुन्छ तर त्यो बानीसंँग जिउन सजिलो हुन्छ । खराब बानी बसाउन सजिलो हुन्छ तर त्योसँग जिउन गाह्रो हुन्छ । वास्तवमा अहिलेसम्म मनोविज्ञानमाथि गरेको मेरो अध्ययनले के भन्दछ भने सबै किसिमको बानी सिक्न र नसिक्न सकिन्छ । अर्थात् कुनै पनि बानी छाड्न पनि सकिन्छ । तपाईंले खराब बानीलाई हटाएर राम्रो बानीलाई ठाउँ दिनु पर्दछ किनकि राम्रो बानीको असर खराव बानीको तुलनामा धेरै शक्तिशाली र प्रभावकारी हुने गर्दछ ।
अब असल बानी कसरी विकास गर्ने त ? असल बानी बसाउने एउटा सुत्र भनेको कुनै पनि कुरालाई दोहोराउनु हो वा दोह¥याइ रहनु हो अर्थात् रिपिट गर्नु हो । नेपालीमा त्यसलाई पुनरावृत्ति, पुनरुक्ति पनि भनिन्छ । जस्तै विहान उठेर तपाई के के गर्नु हुन्छ ? जे गर्नु हुन्छ त्यो तपाईंको बानी हो । अब कस्तो बानी बसाउँदा उचित होला ? मेरो पुस्तक मिलियन डलर ह्याबिट्समा जम्मा १२ अध्याय छ, जहाँ मैले जीवनको महत्त्वपूर्ण १२ क्षेत्रलाई समेटेकोछु । सबै अध्यायमा २० देखि ३० वटा बानीलाई मैले राखेको छु । तिनैमध्ये केहिलाई यहाँ प्रस्तुत गर्दछु ।
१. प्रत्येक दिन त्यो दिनको लक्ष्य किटान गर्ने अथवा लक्ष्यतर्फ उन्मुख हुने बानी बसाउने ।
सुत्ने बेलामा सधैं आफ्नो लक्ष्यलाई संझनोस्, वर्तमानको लक्ष्यलाई । आफ्नो लक्ष्यको सूची बनाउनोस् । स–साना दैनिक लक्ष्यको सूची बनाउनुहोस् । आज हासिल गर्ने लक्ष्यबारेमा केही कुरा लेख्नुहोस्, नोट बनाउनुहोस् । यो काम नियमित र निरन्तर गर्नुहोस् । सवारी साधन कुदाइरहेको बेला, कसैसँग बोलिरहेको बेला अथवा हरबखत आफ्नो लक्ष्यको बारेमा सोच्ने, सम्झिने गर्नुहोस् । तपाई जे कुरा धेरैजसो समयमा सोच्नु हुन्छ, तपाई त्यहि वा त्यस्तै बन्नु हुन्छ । तपाईले आफ्नो सोचलाई जे कुरामा लागाउनु हुन्छ तपाईं त्यहि बन्नु हुन्छ । तपाईंले यस्तो कुरा मात्रै हासिल गर्नु हुन्छ जुन कुराबारे तपाई बारम्बार सोच्नु हुँदैछ । सबै सफल र धनी मानिस सधैंभरी आफ्नो लक्ष्यको बारेमा मात्र सोच्ने गर्दछन् ।
२. नतिजामुखी हुनु
नतिजामुखी मानिस आपूmले चाहेको जस्तो महत्त्वपूर्ण परिणाम कसरी निकाल्ने भन्ने कुरामा तुरुन्तै अहिले नै लागिहाल्दछ । सफल मानिसले जहिले पनि आपूmले सम्पन्न गर्नुपर्ने कामहरूको सूची बनाउने गर्दछ र उक्त सूचीमा भएको कामहरू कुन कति महत्त्वपूर्ण हो सोही अनुसार प्राथमिकता दिएर राख्ने गर्दछ ।
अब कसरी परिणाममुखी बन्ने ? यसबारे केहि महत्त्वपूर्ण कुरा म बताउँदछु । वास्तवमा यो कुरा कायापलट्कारी पनि बन्न सक्दछ । सर्वप्रथम तपाईंले आज फत्ते गर्नुपर्ने तपाईंको कार्यसूचीमा नजर लाउनुहोस् र आफूले आफैंलाई प्रश्न गर्नुहोस् – यो सूचीमा भएको कुन त्यस्तो महत्त्वपूर्ण काम छ, जसलाई मैले केही महिनाको लागि शहर बाहिर जानुभन्दा अगाडि नै पूरा गर्नु पर्दछ । त्यो कामलाई घेरा गर्नुहोस् वा हाइलाइट गर्नुहोस् र त्यसलाई पूरा गर्न तुरुन्तै जुटी हाल्नुहोस् । त्यसपछि आपूmलाई अनुशासित तुल्याएर त्यो एउटा काम पूरा नभैन्जेल बिना विराम लागि रहनुहोस् । यो एउटा यस्तो तरिका हो जसले संसारभरिका मानिसहरुलाई खाकपतिबाट करोडपति कम्तीमा पनि सय वर्षको लागि बनाई दिएको उदाहरण हामी समक्ष छ । यसको मतलव हो तपाईंको सबैभन्दा महत्त्वपूर्ण कामलाई उठाउनु होस् र त्यसलाई शुरु गरिहाल्नोस् । त्यसपछि त्यो काम नसकुन्जेल आपूmलाई अनुशासनमा बाँधेर त्यसैमा लगाई राख्नुहोस् ।
३ . जनमुखी हुनु
तपाईंले जीवनमा हासिल गर्ने सबै कुरा अरु मानिसको साथ सहयोग र सहकार्य बिना संभव हुन्न भन्ने कुरा नभुल्नुहोस् । त्यसैले हरपल सोच्नुहोस् अरु मानिसले मबाट के चाहन्छ, म अरुको लागि कसरी काम लाग्न सक्छु । मैले अरुलाई कसरी मद्दत गर्न सक्छु जसले गर्दा अरुले पनि मलाई मद्दत गर्न सकुन् । यदि तपाई विक्रेता अर्थात् सेल्स क्षेत्रमा हुनु हुन्छ भने एउटा टप बिक्रेताले हरघडी आफ्नो ग्राहकको बारेमा सोच्ने गर्दछ । उनीहरु जहिल्यै आफ्नो कस्टमरका बारेमा सोच्ने गर्दछन् । मेरो कस्टमर को हो ? उनीहरु के चाहन्छन् ? मेरो ग्राहकलाई म कसरी पूर्ण रूपमा सहयोग गर्न सक्दछु । आजको दिन झन बढी कसरी सहयोग गर्न सक्दछु भनेर हरबखत सोच्दछन् । रिलेसनसीप अर्थात् आपसी सम्बन्धको कुरा गर्ने हो भने अत्यन्तै सफल व्यक्तिहरु आफ्नो संसार अथवा जीवनको सबैभन्दा महत्त्वपूर्ण व्यक्तिहरुमाथि पूरै ध्यान दिएर केन्द्रित हुने गर्दछन् चाहे ती व्यक्तिहरु निजी जीवनसँंग सम्वन्धित हुन् वा व्यावसायिक जीवनसँग सम्वन्धित ।
४. स्वास्थमुखी हुनु
आफ्नो सु–स्वास्थको बारेमा प्रायसबै जसो समय सोच्ने गर्नुहोस् । असल पौष्टिक खाना खानेबारे सोच्नुहोस् । दैनिक गरिने ब्यायामको बारेमा सोच्नुहोस् । दैनिक यथेष्ट गरिने आरामको बारेमा सोच्नुहोस् । याद गर्नुहोस् अहिलेको प्रतिस्पर्धाको दुनियाँमा सफल हुनको निम्ति तपाईलाई धेरैभन्दा धेरै ऊर्जाको खाँचो पर्दछ । ऊर्जा संचय गर्नको निम्ति तपाईले राम्रो खाना खानु पर्दछ, भरपुर आराम र सधैं व्यायाम गर्नु पर्दछ ।
५. इमान्दार रहनु
चरीत्र सम्बन्धि हुनुपर्ने एउटा महत्त्वपूर्ण बानी भनेको इमानदारिता हो । सधैं सत्य बोल्ने गर्नुहोस्, जतिसुकै मूल्य तिर्नु परे पनि ।
६. आत्म–अनुशासन कायम राख्नु
यस अध्यायको एउटा अन्तिम र महत्त्वपूर्ण बानी हो आत्माअनुशासन । आत्माअनुशासन भनेको सबै बानीहरुको आधार बानी हो जसले सबै कुरालाई सम्भव तुल्याई दिन्छ । तपाईंले गर्नुपर्ने कुनै विशेष काम निश्चित समयभित्र तपाईलाई मन परे पनि नपरे पनि जसरी भए पनि गर्न लगाउने काम आत्मा–अनुशासनले गराउँदछ । यसर्थमा आत्मा–अनुशासनले तपाईभित्र एउटा अदभूत कार्यक्षमताको विकास गराइदिन्छ । जस्तोसुकै परिस्थितिमा पनि तपाईले ताकेको काम तोकिएको निश्चित समयभित्र गरिसक्ने खुबी तपाईमा आउँदछ चाहे तपाईलाई त्यो काम गर्न मन परेको होस् या नहोस् ।
जस्तै आपूmलाई मुड चलेको बेला जोकोहीले मन परेको काम गर्न सक्दछ । तपाईंको मुड नचलेको बेला अर्थात् तपाइलाई गर्न मन नपरेको काम जसोतसो गर्नुभयो भने अन्ततः त्यो कुराले तपाईमा आत्मा–अनुशासनको विकास गराउँदछ जसले तपाईंको जीवनमा सबै कुरा हुन संभव गराउँदछ ।
याद गर्नुहोस्, तपाईंको जीवनमा एउटा यस्तो कुन बानी होला अन्य थुप्रै बानीको तुलनामा जसलाई तपाईंले आपूmभित्र निर्माण गर्नुभयो भने तपाईले आफ्नो जीवनको सर्वाधिक महत्त्वपूर्ण लक्ष्य हासिल गर्न सक्नु हुन्छ । बानी जुनसुकै पनि हुन सक्छ, अनेकौं बानीमध्ये एउटालाई आजैबाट चुन्नुहोस् र त्यो बानीलाई तपाईंको आफ्नै बानीमा रुपान्तरण नभैन्जेल अभ्यासमा जुट्नुहोस् । अटोमेटिक र इजि भएपछि त्यसले तपाईलाई अर्कै उचाइमा पु¥याउँदछ ।
