काठमाडौं/ नीर शाह अभिनित नेपाली चलचित्र ‘परान’ ले यो वर्ष २०८२ मा नयाँ कीर्तिमान बनाएको छ । ‘परान’ यो वर्ष २०८२ को हालसम्मको चलचित्रको कमाइमा सबैभन्दा बढी कमाउनेमा परेको छ । यसैगरी नेपाली चलचित्रको इतिहासमा अहिलेसम्म सर्वाधिक कमाउने चौथो चलचित्र पनि बनेको छ ।
प्रदर्शनको ४९ औं दिन (३ पुस) सम्म चलचित्रले सिनेपाः बक्सअफिसमा देशब्यापी १७ करोड ५५ लाख ३४ हजार ५३० नेरु ग्रस कमाएको जनाइएको छ । यो कमाइसँगै यो चलचित्रले ‘छक्कापञ्जा ४’ र ‘जारी’ को कमाइलाई पनि उछिनेको बताइएको छ । ‘छक्कापञ्जा ४’ को कमाइ १७ करोड ५३ लाख २ हजार ६११ नेरु ग्रस र ‘जारी’ को कमाइ १७ करोड ४८ लाख १ हजार ४५९ नेरु ग्रस थियो ।
‘परान’ भन्दा धेरै कमाइ गर्ने तीन चलचित्रहरुमा ‘१२ गाउँ’, ‘कबड्डी ४’ र ‘पूर्णबहादुरको सारंगी’ मात्र छन् ।
Facebook Comments Box
