हरिवंशको आँखामा मोतिविन्दु

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ अभिनेता हरिवंश आचार्यले आँखाको मोतिविन्दुको शल्यक्रिया गराउनुभएको छ । तिलगंगा आँखा प्रतिष्ठानमा गत शुक्रबार उहाँको दाहिने आँखाको मोतिविन्दुको शल्यक्रिया गराइएको हो ।
चिकित्सकहरू सन्दुक रुइत र रीता गुरुङको समूहले शल्यक्रिया गरेको बताइएको छ । हरिवंशले सामाजिक सञ्जालबाट भिडियो शेयर गर्दै उपचारमा संलग्न चिकित्सकप्रति आभार व्यक्त गर्नुभएको छ । चिकित्सकले आफूलाई १५ दिन आराम गर्न, कालो चस्मा लगाउन, धूलो धुवाँमा नहिँड्न, आँखा नमिच्न सल्लाह दिएको पनि हरिवंशले बताउनुभएको छ ।
‘पाँच पाण्डव’ नामक चलचित्रको तयारीमा आचार्य जुट्नुभएको बताइन्छ । आगामी माघदेखि छायांकनमा जाने उक्त चलचित्रमा आचार्य के कस्तो भूमिकामा आउने भन्ने चाहीँ स्पष्ट भैनसकेको बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *