कांग्रेसको समानुपातिकमा पनि ‘नातावाद’

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ अन्य दलले राखेको समानुपातिक सूचीमा झैं नेपाली कांग्रेसको सूचीमा पनि नातावादको गन्ध आएको छ । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभाको निर्वाचनका लागि बुझाइएको बन्दसूचीमा नातावाद झल्काउने केही अनुहारहरु देखिएको स्रोतले बतायो ।
कांग्रेसले यो सूची तयार गर्दा गुटगत रुपमा भागवण्डा गरी गरेको चर्चा चलेको छ । सभापति शेरबहादुर देउवा गुटले ६० प्रतिशत तथा शेखर कोइराला र गगन थापा गुटले ४० प्रतिशत लिएको चर्चा छ । यसरी गुटगत रुपमै नाम संकलन गरिए पनि २०६४ सालभन्दा यता उम्मेदवार बनिसकेकाहरुलाई भने यो सूचीमा नपारिएको स्रोतले दाबी गरेको छ ।
२०७९ को निर्वाचनमा कांग्रेस समानुपातिकतर्फ दोस्रो दलको रुपमा रहेको थियो । यस पटक जेनजी आन्दोलन र समयमै १५औं महाधिवेशन गर्न नसक्दा कांग्रेसले विगतको विरासतलाई कायम राख्नेमा शंका गर्नेहरुको संख्या उल्लेख्य रहेको छ । यस पटक पनि नेताहरुको पारिवारिक व्यक्तित्वहरुलाई स्थान दिइएको भनी कांग्रेसजनले दुखेसो गरेका छन् ।
यस पटकको सूचीमा समावेश गरिएका कतिपय व्यक्तिको पृष्ठभूमिलाई लिएर कांग्रेसको नेतृत्वमा रहेका नेताहरुसँग जोडेर हेर्न थालिएको छ । यसक्रममा राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी, पूर्वराष्ट्रपति डा.रामवरण यादवका छोराको नामसम्म विवादित रुपमा आएका छन् । यसैगरी नेता अर्जुन नरसिंह के.सी.लाई समेत महामन्त्री गगन थापाका ससुरा भनी विवादमा पार्ने कार्य भएको छ । यसैगरी नेता विमलेन्द्र निधीकी भान्जीलाई पनि समावेश गरिएको भनी निधीको पनि आलोचना गरिन थालिएको छ । यसैगरी बलबहादुर के.सी.का परिवारजनको कांग्रेसमा रहेको त्यागलाई नबुझ्नेहरुले केही नामलाई लिएर के.सी.लाई पनि विवादको घेरामा पार्ने कार्य गरिरहेको बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *