टीकाराम यात्री ‘ब्राण्ड एम्ब्यासडर’

Nayabimarsha (Weekly Newspaper from Nepal)

लन्डन/ बेलायतस्थित कम्पनी, ए स्टार मोर्गेजेजले नेपाली पत्रकार टीकाराम यात्रीलाई आफ्नो कम्पनीको ‘ब्राण्ड एम्ब्यासडर’ नियुक्त गरेको छ । पश्चिम लन्डनस्थित ए स्टार मोर्गेजेजको कार्यालयमा हालै आयोजित एक कार्यक्रममा उक्त कम्पनीका प्रबन्ध निर्देशक मिन दर्लामी तथा यात्री मिडिया प्रा.लि.का प्रबन्ध निर्देशक तथा प्रधान सम्पादक यात्रीले एक समझदारी पत्र (एमओयु) मा हस्ताक्षर गर्नुभएको जनाइएको छ ।
“नेपालका चर्चित टीभी पत्रकार तथा संचारकर्मी टीकाराम यात्रीलाई हाम्रो कम्पनीको ब्राण्ड एम्ब्यासडर’ नियुक्त गर्न पाउँदा हामी अत्यन्तै हर्षित छौं । हामी उहाँको व्यक्तित्व, शालीनता र व्यावसायिकताको प्रशंसा गर्दछौं र उहाँसँग सहकार्य गर्न पाउँदा उत्साहित छौं,’’ ए स्टार मोर्गेजेजका प्रबन्ध निर्देशक दर्लामीले जनाउनु भएको छ ।
यात्रीले बेलायतस्थित नेपाली व्यवसायीले प्रवद्र्धन गरेको प्रतिष्ठित कम्पनी ए स्टार मोर्गेजेजसँग आबद्ध हुन पाएकोमा खुशी व्यक्त गर्दै आपूmलाई यो जिम्मेवारी दिएकोमा धन्यवाद दिनु भयो । “अहिले संसार विश्व ग्राम (ग्लोबल भिलेज) बन्दै गएको छ । नेपाल बाहिर प्रवासी नेपालीले गरेको प्रगति हाम्रो लागि पनि गौरवको कुरा हो । तपाईंको प्रगतिमा साझेदारी गर्न हामी सधैँ तत्पर छौं’’, उहाँले भन्नुभयो ।
ए स्टार फाइनान्सियल सलुशन कम्पनी तथा ए स्टार मोर्गेजेजले गएको १४ वर्षदेखि नेपाली लगायत अन्य समुदायलाई मोर्गेजेज, रियल एस्टेट, बीमा, पेन्सन, इन्भेस्टमेन्ट, इच्छापत्र र एस्टेट प्लानिंग सम्बन्धी सुझाव तथा सल्लाह प्रदान गर्दै आएका छन् । ए स्टार मोर्गेजेजले रि – फाइनान्सिंग, बाइ –टु–लेट मोर्गेज तथा इक्विटी पुनःनिवेशमार्फत आफ्नो सम्पत्ति पोर्टफोलियो विस्तार गर्न पनि परामर्श प्रदान गर्दै आएको बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *