एकतामा किन छुटे जेनजीहरु ?

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ जेनजी युवाहरुको आन्दोलनले ४ महिना पूरा गरेको छ । यस अवधिमा सुशासन, विकास र भ्रष्टाचार नियन्त्रणमा खासै परिवर्तन आउन सकेको छैन । गत भाद्र २३ र २४ गतेको जेनजी युवाहरुको आन्दोलनमा प्रभावकारी भूमिका खेलेकाहरुमध्ये कोही अन्तरिम सरकारको मन्त्रिमण्डलमा रहेका छन् । केहीले राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकता गरी आगामी फागुन २१ ग्ते हुने निर्वाचनमा भाग लिने बताइरहेका छन् ।
जेनजी अभियन्ताको नाममा बारबरा फाउण्डेशन नामक अमेरिकी संस्थामा आवद्ध भै ‘हामी नेपाली’ नामको एनजीओ चलाउँदै आएका सुदन गुरुङ गोरखा, पुरुषोत्तम यादव सिराहा, प्रदीप ज्ञवाली गुल्मी र अन्यले पनि चुनावमा भाग लिने तयारी गरिरहेको समाचार श्रोतले जानकारी दिएको छ ।
त्यसैगरी मिराज ढुंगाना हेटौंडा (मकवानपुर) र प्रवेश दाहालले पनि निर्वाचनको बारेमा रुचि राखेको चर्चा चलेको छ । जेनजी युवाहरु एक हुन नसक्दा कोही परिवर्तनको पक्षमा कोही राजतन्त्र र कोही लोकतन्त्रको पक्षमा विभाजित हुन पुगेका छन् । जेनजी युवाहरुको आन्दोलनमा लागेर राष्ट्रिय स्वतन्त्र पार्टीलाई नेतृत्व लिन र जेनजीहरुलाई एक ठाउँमा ल्याउन गरिएको कसरतमा केही युवाहरु छुटेको जानकारी प्राप्त भएक ेछ ।
जसमा आन्दोलनको बेला अग्र मोर्चामा रहेर काम गरेका रक्षा वम, युजन राजभण्डारी र उपार्जुन चाम्लिङ लगायत रहेको समाचार श्रोतले बताएको छ । एकता प्रकृयामा छुटाइएका यिनीहरुले काँग्रेस महामन्त्री गगन थापालाई भेटेर विशेष महाधिवेशनप्रति चासो राखेको समाचार श्रोतले बताएको छ ।
जेनजी विद्रोहपछि बनेको अन्तरिम सरकारमा तीनवटा महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाएका मन्त्री कुलमान घिसिङ र काठमाडौंका महानगर प्रमुख बालेन्द्र शाह (बालेन) को एकता हुँदा आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेकाहरु नै छुट्नु वा नअटाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको जानकारहरुले बताएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *