काठमाडौं/ नेपाली काँग्रेसमा नियमित महाधिवेशन र विशेष महाधिवेशन पक्षधर बीचको विवाद झडपमा परिणत भएको छ । गत पुस १८ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीको १५औं महाधिवेशन आगामी २०८३ बैशाख २८ गतेदेखि ३१ गतेसम्म गर्ने गरी यसअघिको कार्यतालिका परिमार्जन गरेको छ । सोही कारण विशेष महाधिवेशन पक्षधरहरु आक्रामक बनेका छन् ।
गत असोज २८ गतेदेखि शुरु भएको काँग्रेसको बैठकले कुनै सार्थक परिणाम निकाल्न नसकेपछि संस्थापनपक्षका नेताहरु र इतरपक्ष (गगन–विश्वप्रकाश) बीच दूरी बढेर पार्टी २०५८ कै अवस्थामा पुग्ने हो कि भन्ने चिन्ता काँग्रेसका निष्ठावान् नेता तथा कार्यकर्ताहरुले व्यक्त गरेका छन् । काँग्रेसमा यही पुष २७ र २८ गते इतरपक्षले विशेष महाधिवेशन गर्ने बताएको छ । उता, संस्थापनपक्षले विशेष महाधिवेशनको औचित्य समाप्त भैसकेको भन्दै विधानमा भएको व्यवस्था विपरित अगाडि बढेको जानकारहरुले बताएका छन् । काँग्रेसभित्रको हुनुपर्छ र हुनुहुँदैन भन्ने बीचको द्वन्द्व गत पुस २२ गते सतहमै देखिएको छ ।
गत मंगलबार काँग्रेसको कार्य सम्पादन समितिको बैठकमा भाग लिन गएका काँग्रेस नेता विमलेन्द्र निधिमाथि विशेष महाधिवेशन पक्षधरका नुवाकोटे एक कार्यकर्ताले दुव्र्यवहार गरेको समाचार श्रोतले बताएको छ । प्रजातन्त्र र लोकतन्त्रका लागि त्याग र समर्पण गरेका नेता निधिमाथि भएको दुव्र्यवहारले लोकतन्त्र कमजोर भएको नेताहरुले बताएका छन् ।
काँग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि घटनाको निन्दा गरेका छन् । निधिको गृहजिल्ला धनुषा र जनकपुरको पिडारी चोक एवं भानुचोकमा राँके जुलुस निकाली गगन विश्वविरुद्ध नारा लगाइएको छ ।
यसैबीच काँग्रेसको कार्यसम्पादन समिति बैठकमा थापाले महामन्त्रीको अधिकार प्रयोग गरी विशेष महाधिवेशनबारे जानकारी गराएको समाचार श्रोतले बताएको छ । यस्तो अवस्थामा काँग्रेस फुटको संघारमा पुगेको भनी चर्चा चलेको छ ।
यस्तो अवस्थामा काँग्रेसको विशेष महाधिवेशनमा आउने प्रतिनिधिहरुलाई रोक्न र महामन्त्रीद्वयको कार्यक्रमलाई निस्तेज बनाउन संस्थापन पक्षका १० भाइ सक्रिय रहेको आरोप लागेको छ । आरोप लागेकाहरुमा उपसभापति पूर्णबहादुर खड्का, रमेश लेखक, किशोरसिंह राठौर, प्रकाशशरण महत, शेरबहादुर बलायर, रामहरि खतिवडा र मोहन बहादुर बस्नेत सहितका नेताहरु साम, दाम, दण्डभेदका हिसावले लागि परेको साचार श्रोतले बताएको छ ।
यसैबीच, विशेष महाधिवेशन गर्दा पार्टी नै फुटको संघारमा जाने अवस्था भनी त्यसो नगर्न पनि सुझाउने कार्य भैरहेको बताइएको छ । महामन्त्री थापाले आफूले बरु विष पिएर भए पनि पार्टीलाई फुटको संघारमा नपु¥याउने बताउनु भएको छ ।
काँग्रेसमा स्वार्थको झगडा–निशानामा नेता निधि
Facebook Comments Box
