कांग्रेसको केन्द्रीय समितिमा को को ?

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ/ नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन कुमार थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति सर्वसम्मतिले चयन गरेको छ । बुधबार मध्यराति निर्वाचन समितिका संयोजक सीताराम केसीले नामहरु सार्वजनिक गर्नु भएको हो । विशेष महाधिवेशन प्रतिनिधिहरूको मागअनुसार थापालाई सर्वसम्मत रुपमा सभापतिमा चयन गरिएको घोषणा गरिएको थियो ।
कार्यसमितिमा दुई उपसभापतिको साबिककै जस्तो व्यवस्था गरिएको छ । उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुषाल चयन हुनु भएको छ । दुई महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे बन्नु भएको छ । यसैगरी सह–महामन्त्रीमा भने समावेशी संरचनाअनुसार विभिन्न समूहबाट प्रतिनिधित्व गराइएको छ ।
यसरी महिला समूहबाट सह–महामन्त्रीमा डा. डिला संग्रौला पन्त तथा दलिततर्फ प्रकाश रसाइली स्नेही चयन हुनु भएको छ । यस्तै आदिवासी जनजातीतर्फबाट बहादुर सिंह लामा, खसआर्यतर्फ उदय शम्शेर राणा, मधेशीतर्फ मुक्ताकुमारी यादव, मुस्लिमतर्फ फर्मुल्ला मन्सुर, थारुतर्फ योगेन्द्र चौधरी र पिछडिएको क्षेत्रतर्फ कर्णबहादुर बुढा सह–महामन्त्री बन्नु भएको छ ।
यसैगरी सोही विशेष महाधिवेशनले केन्द्रीय सदस्यतर्फ खुला कोटाबाट ३५ जनालाई चयन गरेको छ । गोपालमान श्रेष्ठ, ओमकार प्रसाद श्रेष्ठ, अर्जुन नरसिंह के.सी., राजेन्द्र कुमार के.सी., अर्जुन प्रसाद जोशी, सुरेश कुमार योङ्या, चीनकाजी श्रेष्ठ, सुधीर सिवाकोटी, भरत शाह, मधु आचार्य र अमृत अर्याल केन्द्रीय सदस्यमा चयन हुनु भएको छ । यस्तै ध्रुव वाग्ले, देवराज चालिसे, विनोद चौधरी, मोहन आचार्य, उज्वल बराल, जनक गिरी, देवप्रसाद तिमिल्सिना, अजय बाबु सिवाकोटी, प्रेमबहादुर खड्का, जयराम लामिछाने, वसन्त भट्टराई, प्रदीप शर्मा, जगत जोशी, प्रमोदहरि गुरागाई र डा. केदार नरसिंह के.सी. पनि केन्द्रीय सदस्यमा चयन हुनु भएको छ । यसैगरी विदुर बस्नेत, तीर्थ जंग शाही, भरत खड्का, सुवास पोखरेल, शम्भु बुढाथोकी, धर्मराज गौतम, टेकराज पौडेल, तिलक रानाभाट र राजेन्द्र गोपाल सिंह पनि केन्द्रीय सदस्यमा चयन हुनु भएको छ ।
यसैगरी महिला खुलातर्फ नौजना केन्द्रीय सदस्य चयन हुनु भएको छ । चम्पादेवी खड्का, धना खतिवडा, नानु बास्तोला, चिनु पोखरेल, जानकी सिंह, प्रतिमा गौतम, गीता सत्याल, सन्तोषी साउद ऐरी र दिल कुमारी राई पनि केन्द्रीय सदस्य बन्नु भएको हो ।
यसैगरी प्रदेशगत संरचनाअनुसार पनि केन्द्रीय सदस्यहरु चयन गरिएका छन् । कोशी प्रदेशबाट महिला सदस्यमा शारदा देवी कोइराला तथा खुलामा हिमालय कर्माचार्य तथा अग्नि पौडेल पर्नु भएको छ । मधेश प्रदेशबाट महिला सदस्यमा मधु शाही तथा खुलामा रामानन्द यादव र बजरंग नेपाली चयन हुनु भएको छ । बागमती प्रदेशबाट महिला सदस्यमा उमा दाहाल तथा खुलामा जितनारायण श्रेष्ठ र रमेश धमाला पर्नु भएको छ । गण्डकी प्रदेशबाट महिला सदस्यमा विष्णुदेवी पाण्डे तथा खुलामा रेशम बानियाँ र कृष्ण के.सी. चयन हुनु भएको छ ।
यसैगरी लुम्बिनी प्रदेशबाट महिला सदस्यमा पवित्राकुमारी अर्याल तथा खुलामा केशव आचार्य र रामबहादुर कार्की केन्द्रीय सदस्य बन्नु भएको छ । कर्णाली प्रदेशबाट महिला सदस्यमा रामदेवी खड्का तथा खुलामा दिक्पाल शाही र नारायण भट्टराई चयन हुनु भएको छ ।
यस्तै, सुदूरपश्चिम प्रदेशबाट महिला सदस्यमा निपा चोख्याल तथा खुलामा हिमबहादुर रावल र नरेन्द्रप्रसाद भट्ट रहनु भएको छ । उता, अपाङ्गता भएका खुलातर्फ प्रकाश पन्थ र अल्पसंख्यकतर्फ शिवनारायण सिंह गनगाई केन्द्रीय सदस्य बन्नु भएको छ । यस्तै, दलित महिला कोटाबाट सीता मिजार, छाया सुनार, गंगा सुनार र लीला नेपाली चयन हुनु भएको छ । दलित खुलाबाट मैकुलाल बाल्मिकी, शिवबहादुर सुनार, धर्म नेपाली दर्जी, सूर्य बि.क. र दिनेश सुनारले पनि केन्द्रीय सदस्य बन्ने मौका पाउनु भएको छ ।
यता, आदिवासी जनजाती महिलातर्फ सपना राजभण्डारी, प्रमिला राई, मनकुमारी गुरुङ, कुशुमदेवी थापा मगर, लीलादेवी बोखिम लिम्बु, डा.अमिता प्रधान र छीन्दुल्होमु शेर्पा चयन हुनु भएको छ । आदिवासी जनजाती खुलातर्फ तारामान गुरुङ, अष्टकुमार कबे, छन्दबहादुर पहराइ मगर, नगेन्द्र कुमाल, शम्भुलाल श्रेष्ठ, भीम श्रीष, नरेन्द्र केरुङ र दीपन श्रेष्ठ पनि केन्द्रीय सदस्य बन्नु भएको छ ।
खसआर्य महिला समूहबाट उमा सिवाकोटी, बाला अधिकारी, मुना भुषाल, इन्दिरा कार्की, विनिता खड्का र सम्झना खत्री चयन हुनु भएको छ । खसआर्य खुलातर्फ विजय स्वार, मथुरा घिमिरे, जगदीश चन्द्र उपाध्याय, विष्णुकुमार कार्की, विश्वनाथ रिजाल, केशव भेटुवाल र कमल भुषाल पनि केन्द्रीय सदस्य बन्नु भएको छ ।
मधेशी महिला कोटाबाट अञ्जु झा, चन्द्रकला कुमारी यादव, गोमा पराजुली (अन्सारी) र निलम साह चयन हुनु भएको छ । मधेशी खुलाबाट राम पल्टन साह, नागेन्द्र साह, राधेश्याम पाठक, सुनिल कुमार यादव र रामरुप प्रसाद रहनु भएको छ । मुस्लिम महिला समूहबाट सनम वेगम तथा मुस्लिम खुलाबाट अब्दुल रज्जाक गद्दी र अब्दुल सत्तार चयन हुनु भएको छ । थारु महिलातर्फ नवोदिता चौधरी र सुनिता राना तथा थारु खुलातर्फ सुरेन्द्र प्रसाद चौधरी र गोपाल दहित केन्द्रीय सदस्य बन्नु भएको छ ।
त्यसैगरी, पिछडिएको क्षेत्र खुलातर्फ दीपक जंग शाह चयन हुनु भएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *