कांग्रेसका उम्मेदवार राणा पत्रकारसँग

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर/ नेपालको पत्रकारितामा लामो समयदेखि जोडिंदै आउनु भएका कविर राणा हिजो भने बेग्दै अवस्थामा देखिनु भयो । नेपाल प्रेस युनियन भक्तपुरको आयोजनामा भएको पत्रकार सम्मेलनमा राणा भने प्रश्न गर्ने नभई जबाफ दिने अवस्थाको भूमिकामा देखिनु भएको हो ।
यस्तो अवस्था आउनुमा राणा स्वयम् भक्तपुर क्षेत्र नं.२ बाट उम्मेदवार बन्नु हो । पत्रकारितासँगै लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आउनु भएका राणा यस पटक भक्तपुर क्षेत्र नं.२ मा नेपाली कांग्रेसको तर्पmबाट उम्मेदवार बन्नु भएको छ । यसअघिका सातवटामध्ये चारवटा संसदीय निर्वाचन जित्दै आएको कांग्रेसका तर्पmबाट उहाँ उम्मेदवार बनी पत्रकारहरुले राखेका जबाफ दिनमा व्यस्त हुनु हुन्थ्यो ।
पत्रकारहरुले उठाएका जिज्ञासामा जबाफ दिंदै राणाले सांसदको मुख्य जिम्मेदारी भनेको मुलुकमा आवश्यक कानून बनाउनु रहेको बताउनु भयो । उहाँले आफू अधिवक्ता समेत रहेको हुँदा आफूलाई कानूनको विद्यार्थी भन्दै उहाँले भन्नुभयो, ‘संसदमा मेरो उपस्थितिले कानून निर्माणमा पनि सहयोगी भूमिका खेल्नेछ ।’
उहाँले सांसद भएपछि आफ्नो क्षेत्रको विकास निर्माणका विषय पनि जोडिएर आउने कुरालाई स्वभाविक रहेको पनि बताउनु भयो । उहाँले सांसद तथा क्षेत्र विकाससँग जोडिएर विकास निर्माणमा समेत सरकारले बजेट व्यवस्थापन गर्ने गरेको बताउनु भयो । उहाँले आफू सांसद बन्दा त्यस्ता बजेटहरुको समुचित प्रयोगमा स्थानीय आवश्यकतालाई ध्यान दिने पनि बताउनु भयो । उहाँले आफू भक्तपुरको स्थायीबासी भएको प्रसंग उठाउँदै यो क्षेत्रको सडक, पिउनेपानी आदि समस्याको निराकरणका लागि आफूले जनस्तरले चाहे जसरी कार्य गर्ने पनि बताउनु भयो ।
राणाले आगामी निर्वाचनको प्रतिस्पर्धाबारे सोधिएको प्रश्नको जबाफ दिंदै भन्नु भयो, ‘यसअघि पनि हाम्रो पार्टी नेपाली कांग्रेसले जित निकालेको हो । त्यसैले पनि यस पटक जित निकाल्न सहज हुने अवस्था छ । त्यसमाथि जगन्नाथ आचार्यदेखि दुर्लभ थापासम्मले जित निकालेर कांग्रेसलाई जनजनमा पु¥याएकाले सहज जित निस्कने अवस्था छ ।’ उहाँले विगतलाई हेर्दा यस क्षेत्रमा कांग्रेसको प्रतिस्पर्धी दलको रुपमा नेकपा (एमाले) रहेको भन्दै उहाँले उहाँले कांग्रेसको इतिहास तथा हाल नयाँ सोचका साथ नयाँ नेतृत्व लिएर कांग्रेस आएको अवस्थाले जनताले कांग्रेसको नयाँ रुपान्तरणलाई झनै मन पराएको अवस्था भनी टिप्पणी गर्नु भयो ।
पत्रकारहरुसँग कुरा गर्दै कांग्रेसका उम्मेदवार कविर राणाले कांग्रेसको नयाँ नेतृत्वलाई सबैले स्वीकारेको स्मरण गर्दै अहिले कांग्रेसमा कुनै गुट नरहेको तथा सबै एक ढिक्का भै निर्वाचनमा होमिएको दाबी गर्नु भयो । उहाँले भक्तपुर कांग्रेसमा टिकट पाउने अवस्थादेखि अहिलेसम्म कुनै विवाद नरहेको दाबी गर्दै भन्नु भयो, ‘यस पटक कांग्रेसका सबै नेतृत्व खुल्ला हृदयले निर्वाचनमा लाग्नु भएको छ । सबैले कांग्रेसको जितलाई आफ्नो जित ठानी प्रचार प्रसारमा लाग्नु भएको छ ।’
उहाँले कुनै पनि दल पछि गठन हुँदैमा नयाँ हुने भन्दा पनि विचारले नयाँ हुने बताउनु भयो । उहाँले कांग्रेसको इतिहास आफैंमा गर्व गर्न लायक रहेको स्मरण गर्दै अहिले नयाँ परिवेशलाई बुझेर यही माघ १ गतेदेखि नयाँ नेतृत्वसमेत आएको बताउनु भयो । कांग्रेस भित्रको एकता नै जितको आधार हुने बताउँदै उहाँले फागुनको पहिलो हप्तादेखि प्रचार प्रसारको कार्यले तीव्रता पाउने हुँदा सबै नेताहरु सक्रियताका साथ लाग्ने बताउनु भयो ।
भक्तपुर जिल्ला ऐतिहासिक तथा सांस्कृतिक जिल्ला भएको उल्लेख गर्दै उहाँले भक्तपुरको समग्र विकासमा आफू सधैँ सक्रिय रहने दाबी पनि गर्नु भयो । उहाँले भक्तपुरको विकासका लागि सबै दलहरु मिलेर नै अघि बढ्नुपर्ने अवस्था रहेको पनि बताउनु भयो ।
सोही कार्यक्रममा कांग्रेसबाट समानुपातिकका तर्फबाट उम्मेदवार बन्नु भएका मदनकृष्ण श्रेष्ठले पनि बोल्नु भएको थियो । उहाँले यस पटक भक्तपुर जिल्लाले कांग्रेसका उम्मेदवारहरुलाई जिताएर पठाई भोलिका दिनमा कांग्रेसको बहुमतको सरकार बनाउन सहयोग पु¥याउने विश्वास व्यक्त गर्नु भयो । उहाँले निर्वाचनका बेलामा विभिन्न तत्वहरु सक्रिय भई कहिले जातिगत त कहिले भेगीय कुरा निकाल्ने गरिए पनि त्यसमा मतदाता भ्रममा पर्न नहुने धारणा राख्नु भयो । उहाँले आफू भक्तपुरबासीसँग सधैं साथमा रहेको बताउँदै यस पटक कांग्रेसले विगतको भन्दा पनि सानदार रुपमा जित निकाल्ने दाबी गर्नु भयो । उहाँले आफू जिल्लाका सबै पालिकादेखि टोलटोलसम्म पुगेको बताउँदे कांग्रेसबाट फेरि आशा गर्ने अवस्था रहेको भनी नेता कार्यकर्तादेखि मतदातासम्मको आशाको केन्द्र कांग्रेस नै बन्न पुगेको दाबी गर्नु भयो ।
नेपाल प्रेस युनियन भक्तपुरका अध्यक्ष रोशन सिल्पकारको अध्यक्षतामा उक्त कार्यक्रम भएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *