ललितपुर/ विभिन्न नौवटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरू कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक निकायहरूको सिफारिसका आधारमा बुधबारको निर्णयानुसार उनीहरुलाई कालोसूचीमा राखेको भनी सो कार्यालयले जनाएको छ ।
यसरी कालोसूचीमा राख्दा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ (१) लाई आधार बनाइएको पनि सो कार्यालयले जनाएको छ । कालोसूचीमा पर्नेहरूमा कान्छाराम कन्स्ट्रक्सन कम्पनी प्रा.लि., श्रीओम अटो ल्युब प्रा.लि., आर्कटिक कन्स्ट्रक्सन प्रा.लि., ग्रीन वल्र्ड कन्स्ट्रक्सन प्रा.लि, अग्रिम–लङभिजन–धनलक्ष्मी जे.भी. लगायत रहेका पनि सो कार्यालयले जनाएको छ । यसैगरी क्यापिटल इन्टरप्राइजेज, मार्सेली निर्माण सेवा पनि कालोसूचीमा परेका हुन् ।
कालोसूचीमा परेका व्यवसायी तथा आपूर्तिकर्ताहरूले तोकिएको अवधिभर मुलुकभरका कुनै पनि सार्वजनिक निकायको खरिद प्रक्रियामा सहभागी हुन नपाउने भनी सो कार्यालयले हिजो सूचना जारी पनि गरेको छ ।
कालोसूचीमा को को ?
Facebook Comments Box
