कांग्रेसले ‘कमाण्डर’ तोक्यो

Nayabimarsha (Weekly Newspaper from Nepal)

ललितपुर l सत्ताको मुख्य संचालक दल नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा आफ्ना उम्मेदवारहरूलाई जिताउन रणनीति बनाउने भएको छ । त्यसका लागि कांग्रेसले प्रदेश डेस्क स्थापना गरेको छ ।

कांग्रेसका उप–सभापति पूणर्बहादुर खड्काको संयोजकत्वमा गठित स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले प्रदेश डेस्क स्थापना गरेर सह–महामन्त्रीहरूलाई खटाएको कांग्रेसको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । स्थाद्दनीय तहको निर्वाचनमा पार्टीको विजयी अभियानलाई व्यवस्थित र प्रभावकारी बनाउन केन्द्रीय कार्यालय ललितपुरमा ‘प्रदेश डेस्क’ स्थापना गरिएको विज्ञप्तिमा भनिएको छ । सातवटा प्रदेश डेक्ससंँग केन्द्रीय कार्यालयका तर्फबाट महामन्त्री विश्वप्रकाश शर्माले समन्वय गर्ने गरी जिम्मेदारी तोकिएको पनि बताइएको छ ।

यसरी प्रदेशस्तरमा दिइएको जिम्मेदारी पाउनेहरुमा सह–महामन्त्रीहरु रहेका छन् । प्रदेश नं.१ मा जीवन परियार, मधेश प्रदेशमा भीष्मराज आङ्दम्वे, बागमती प्रदेशमा फरमूल्लाह मंसुर, गण्डकी प्रदेशमा महालक्ष्मी उपाध्याय ‘डिना’, लुम्बिनी प्रदेशमा महेन्द्र यादव, कर्णाली प्रदेशमा बद्री पाण्डे र सुदूरपश्चिम प्रदेशमा किशोरसिंह राठौरलाई संयोजक तोकिएको विज्ञप्तिमा उल्लेख छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *