ललितपुर/ नेपाली कांग्रेसका सभापति गगन थापाले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले बुहमत ल्याउने दाबी गर्नु भएको छ । बिहीबार काठमाडौँमा आयोजित ‘हाम्रो प्रतिज्ञा, तपाईको प्रश्न’ शीर्षकको अन्तरक्रियामा सभापति थापाले ‘निर्वाचनमा कांग्रेसले बहुमत ल्याउँछ । सरकार बनाउँछ । पार्टीले मलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएको छ । प्रधानमन्त्री बन्छु ।’ भनी भन्नु भएको छ ।
उहाँले कांग्रेसले संघीय सरकारमा १६ वटा र प्रदेश सरकारमा ६ वटा मन्त्रालयको सीमा तोक्ने प्रस्ताव गरेको पनि जानकारी गराउनु भयो । यो कुरा चुनावी प्रतिज्ञापत्र सार्वजनिक गर्दै सभापति थापाले स्पष्ट पार्नु भएको हो । यसैगरी देश बदल्ने योजनामा कांग्रेस रहेको पनि उहाँले बताउनु भएको छ । यस क्रममा उहाँले ‘अब प्रधानमन्त्री २ पटक र मुख्यमन्त्री पनि २ पटकभन्दा धेरै बन्न नपाउने व्यवस्था गरिनेछ,’ भन्नु भयो । उहाँले, ‘संघ सरकारमा १६ वटा मन्त्रालय, प्रदेशमा ६ वटा मन्त्रालयको सीमा तोकिनेछ । अब कसैले पनि गठबन्धन मिलाउनुप¥यो भनेर मन्त्रालय बढाउन पाउँदैन ।’
यसैगरी कांग्रेसले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित बनाउने गरी योजना तयार पारिएको पनि उहाँले जानकारी गराउनु भएको छ । थापाले नयाँ योजनाबारे भन्नु भयो ‘हामीले शुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम अलपत्र पारिएको छ । अब यसलाई कसरी रन गर्ने भन्नेबारे हामीले सोचेका छौँ,’ उहाँले भन्नु भयो, ‘कुनै पनि नेपालीले जस्तोसुकै रोग लाग्दा पनि फ्रि हेल्थ केयरको व्यवस्था मिलाउँछौं । यसको लागि स्रोत के– एकीकृत प्रणाली चाहिन्छ । जनशक्ति अहिले नै तयार पार्नुपर्छ ।’ उहाँले अस्पताल भनेको ठूलाठूला भवनमात्रै नभएको भन्दै भएकोलाई व्यवस्थित बनाउन ध्यान दिनुपर्ने बताउनु भयो ।
कांग्रेसको वाचाबारे थापा
Facebook Comments Box
