पूर्वमा एमाले उम्मेदवार तोक्दै

Nayabimarsha (Weekly Newspaper from Nepal)

विराटनगर l प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को प्रदेश १ कमिटीलाई पनि स्थानीय चुनवा लागेको छ । विराटनगर महानगरपालिका, धरान र इटहरी उपमहानगरपालिकाको उम्मेदवार केन्द्रीय कमिटीलाई सिफारिस गर्ने काम उक्त कमिटीले गरेको छ ।

प्रदेश कमिटीको बैठकले विराटनगर महानगरपालिकाको प्रमुखमा सागर थापा, परशुराम बस्नेत, बाबुराम कार्की, महेश भट्टराई र रामलाल साहको नाम सिफारिस गरेको जनाइएको छ । पूर्वमन्त्री तथा नेकपा (एमाले) का केन्द्रीय सदस्य जीवन घिमिरेको नाम पनि सिफारिस गरिएको छ । यसैगरी उपप्रमुखको उम्मेदवारका लागि शिल्पा कार्की, विमला दाहाल र अञ्जु उपाध्यायको नाम सिफारिस गरिएको छ ।

यसैगरी इटहरी उपमहानगरपालिकामा प्रदेश कमिटीले उपप्रमुनमा लक्ष्मी गौतम, प्रदेश सदस्य रामप्रसाद चौंलागाई, उपमहानगर अध्यक्ष यामकुमार सुब्बा र एमाले नेता बन्नुलाल चौधरीको नाम सिफारिस गरेको छ ।

हालका प्रमुख द्वारिकलाल चौधरी र रेवती घिमिरेको नाम प्रदेश कमिटीले केन्द्रमा नपठाएको पनि बताइएको छ । यसैगरी उपप्रमुखको उम्मेदवार छनोटका लागि संगीता चौधरी, अमला श्रेष्ठ, अम्बिका चौधरी, विष्णु शर्मा र रामचरण चौधरीको नाम सिफारिस गरेको छ । उता, धरानको प्रमुखमा मोतीराज सुनुवार, मञ्जु भण्डारी, विजय राई र मनोज मेन्याङ्वोको नाम सिफारिस गरिएको छ । प्रदेश कमिटीले उपप्रमुखमा पदम इस्बो, लहरुमाया जिमी, सविता राई, सुशीला पहाडीको नाम सिफारिस गरेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *