व्यवसायी पत्रकारिताका पुरस्कारको पक्षमा

Nayabimarsha (Weekly Newspaper from Nepal)

सुनसरी l सुनसरीको इटहरीमा रही व्यवसाय गर्दै आएका शिवप्रसाद घिमिरेले आफ्ना आमाबुबाको नाममा पत्रकारितासँग जोडेर पुरस्कार स्थापना गरेका छन् । घिमिरे मुख्य संचालक रहेको एसजी ग्रुपले अक्षयकोष खडा गरी यस्तो पुरस्कारको व्यवस्था गरिएको हो ।

सुनसरीमा रही पत्रकारितामा सक्रिय पत्रकारलाई दिइने उक्त पुरस्कार नेपाल प्रेस युनियनले अक्षयकोष स्थापना गरी राख्ने व्यवस्था मिलाएको छ । गोविन्द–खेमकुमारी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार र सृजनशील युवा पत्रकारिता पुरस्कार भनी पुरस्कारको नाम समेत राखिएको हो । राष्ट्रिय पत्रकारिता पुरस्कारको राशि एक लाख एक हजार रुपियाँ रहेको छ । यसैगरी सृजनशील युवा पत्रकारिता पुरस्कारको राशि रु.५१ हजार रहेको छ ।

घिमिरेका पुत्र सुवोध घिमिरे र नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले एक सम्झौता पत्रमा हस्ताक्षर गर्दै अक्षयकोषको स्थापना गरिएको जनाएका हुन् । ‘पत्रकारिता क्षेत्र समाजको महत्वपूर्ण अङ्गको रूपमा मानिन्छ, सो क्षेत्रमा निरन्तर लाग्नेहरूलाई पुरस्कार प्रदान गर्ने उद्देश्यले यो अक्षयकोषका लागि हामीले सम्झौता गरेका हौँ,’ भन्दै सुवोध घिमिरेले पुरस्कार स्थापना गर्नुपर्ने कारण बताए ।

इटहरीका व्यवसायी तथा नेपाली काँग्रेस नेता रोहित प्रसाइँले भवन निर्माणका लागि भनी केही समयअघि युनियनलाई जग्गा दिएका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *