भ्रष्ट र माफियाले खरानी पार्दै नेवानि

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ l मुलुकको एक मात्र राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम ऋणको भारले थिचिएर उठ्नै नसक्ने अवस्थामा पुगेको छ । नेवानिले झण्डै ४८ अर्ब रुपियाँ कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्न बाँकी छ ।

निगमले नियमित किस्ता पनि तिर्न सकेको छैन । नेपाल सरकारका पर्यटन तथा नागरिक उयन मन्त्री प्रेमबहादुर आलेले नेपाल वायुसेवा निगमको व्यवस्थापन र बेथितिलाई सुधार गर्नुको सट्टा मूकदर्शक बनेर हेर्न बाध्य भएका छन् । चरम् भ्रष्टाचार र कमिशनतन्त्रले जरा गाडेको नेपाल वायुसेवा निगम माफियाहरूको कब्जामा रहेको छ । निगमका न्यारोबडी र वाइडबडी जहाजहरूले अन्तर्राष्ट्रिय उडान नपाएर थन्किन बाध्य बनेका छन् ।

व्यवस्थापनको अकर्मन्यताका कारण निगमले अन्तर्राष्ट्रिय सेक्टरमा दक्षिण कोरियाको सिओल, चीनको ग्वाङ्गझाउ र संघाई, श्रीलङ्कको कोलम्बो, इण्डोनेसिया, जर्मनी र अष्ट्रेलियमा उडान गर्न सकेको छैन । निगमका दुईवटा वाइडबडी जहाजहरूले आधा यात्रु बोकर भारत र जापानमा उडान गर्दै आइरहेका छन् । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको कमिशनमोहले हवाई माफियाहरूको सल्लाहमा पाँचवटा नयाँ जहाज थप्ने अभियानमा जुटेको नेवानि स्रोतले बताएको छ । यही वर्षभित्र (सन् २०२२) निगमले आन्तरिकतर्पm तीनवटा र अन्तर्राष्ट्रियतर्पm एक वाईडबडी तथा दुईवटा न्यारोबडी जहाज किन्ने अभियानमा जुटेको समाचार स्रोतले जानकारी दिएको छ । यसका लागि साँढे ६ अर्ब रुपियाँ निगमको टाउकोमा ऋणको भार थपिँदैछ जबकि यसअघि निगमले चीनबाट खरिद गरेको छवटा जहाज उडाउन नसकी अलपत्र बनेर एयरपोर्टमा ग्राउण्डेड गरी थन्किएर बसेका छन् ।

नेपाल वायुसेवा निगमका अवकाश प्राप्त कर्मचारीहरूलाई वर्षको दुईवटा फ्रि टिकट उपलब्ध गराउने र हङ्ककङ्क, बैंकक, सिंगापुरमा घुम्न पठाउने चलनले पनि निगमले टाउको उठाउन नसकेको जानकाहरूले बताएका छन् । यस्ता बेथिति र विकृतिलाई हटाउनुको सट्टा व्यवस्थापनले उल्टै कमिशनको पछि लाग्दा नेपाल वायुसेवा निगम घर पोलेर खरानी उठाउने कार्यमा जुटेको छ । यसतर्पm पर्यटन मन्त्रीको ध्यान नजानुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । निगम जतिसुकै घाटामा गए पनि कर्मचारीहरू भने सधैं नाफामा रहेको समाचार स्रोतले जानकारी दिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *