व्यवसाय योजना, परियोजनाको पहिचान तथा सफलता कसरी ?

Nayabimarsha (Weekly Newspaper from Nepal)
गम्भीर बहादुर हाडा,
अधिवक्ता तथा सह–प्राध्यापक, अर्थशास्त्र
भक्तपुर बहुमुखी क्याम्पस-अवकासप्राप्त)

व्यावसायिक परियोजनाले आउँदा दिनका लािग लागि कार्यक्रमको तर्जुमा गर्ने कुरा मात्र समेट्दैन । व्यवसायको प्रकृति, सम्भाव्य चुनौती र आशातीत सफलताबीच रहेर क्रियाकलापलाई प्रभावकारी बनाउने पूर्व खाका पनि प्रदान गर्दछ । यिनै महत्वूर्ण उपयागिताले गर्दा नै आधुनिक व्यसाय सञ्चालनमा परियोजना पहिचान र छनोट महत्वपूर्ण प्रयासको रुपमा लिइन्छ । परियोजना भनेको आउँदा दिनमा गरिने क्रियाकलाप र प्रयासको संयुक्त रुप हो जो आजै तयार गरिन्छ । निश्चित व्यवसाय प्रारम्भ गर्दा के के कुराहरु सम्भव होलान् र कस्ता कस्ता चुनौतिहरु देखा पर्लान् भन्ने कुरालाई विश्लेषण गरी बनाईएको बस्तुनिष्ठ कार्यक्रम नै परियोजना हो । अर्थात् कार्यान्वयन गर्न आँटिएको विचरा र व्यावसायिक कार्यक्रम परियोजना हो । व्यावसायिक परियोजनाले नयाँ व्यवसाय स्थापना गर्दा खेरी बनाइने योजनालाई मात्र इंगित गर्दैन । भइरहेकै व्यवसायमा वृत्ति विकास गर्नुपरेमा पनि परियोजना बनाउनुपर्ने हुन्छ । जस्तै उप उत्पादन बनाउने, बस्तु मोडल परविर्तन गर्ने र व्यावसायिक प्रवद्र्धन गर्ने आदि कुरालाई पनि परियोजनाको रुपमा सञ्चालन गर्न सकिन्छ । यसर्थमा निश्चित समयावधि भित्र निश्चित साधन स्रोत मार्फत बस्तुनिष्ठ उद्देश्य पूरा गर्न बनाइएको कार्यक्रमहरुको पूर्व खाका नै परियोजना हो ।
व्यावसायिक अवसरको पहिचान गर्न उद्यमीले सर्वप्रथम संगठनको आन्तरिक तथा बाह्य वातावरणको मूल्यांकन गर्नुपर्दछ । बाह्य वातावरणमा अवसर तथा चुनौती दुवै हुने भएकोले अवसर पहिचान गर्न वातावरणलाई विभिन्न भागमा विभाजन गर्नुपर्दछ । जस्तैः राजनीतिक वातावरणले राज्य सञ्चालन र सरकारको उद्यमशील सहयोगलाई प्रभाव पारेको हुन्छ । त्यस्ता कुरालाई अध्ययन गर्न सकिएको खण्डमा व्यावसायिक अवसर पहिचान हुन्छ । राजनीतिक वातावरण अध्ययन गर्ने क्रममा निम्न कुराको अध्ययन गर्नुपर्दछ । राजनीतिक दलहरु, राजनीतिक अवधारणा -पूँजीवाद, समाजवाद, साम्यवाद), सरकारको स्थायित्व, सरकारमा पुगेका दल, राजनीतिक दलको आर्थिक घोषणापत्र, औद्योगिक नीति आदि ।
साँस्कृतिक परिवर्तन अन्तर्गत निम्न विषयमा ध्यान दिन सकिएको खण्डमा व्यावसायिक अवसर पहिचान गर्न सकिन्छ । धर्म र धार्मिक सहिष्णुता, चाड पर्व, रिति रिवाज, दैनिक दिनचर्या -जस्तै खानपान, शोख, पोशाक, विलासिता), शहरीकरण -मिश्रित साँस्कृतिक सभ्यता), सञ्चार माध्यमबाट प्रभाव -जस्तैः रेडियो, टेलिभिजन आदिबाट वैदेशिक प्रभाव) । कुनै पनि व्यवसायीले उल्लेखित वातावरणीय तत्वहरु उपर ध्यान दिन सकेको खण्डमा व्यावसायिक अवसरको पहिचान गर्न सक्छ । जस्तैः समाज सूचना उन्मूखहुँदै गएको कुरा महसुस गर्ने उद्यमीले नै आज देशभरी एफ.एम., टेलिभिजन, इन्टरनेट, कुरियर सर्भिस आदिको व्यावसायिक अवसर छोप्न सके । यस्ता धेरै कुराहरु वातावरणमा हुन्छन् । जसले अवसर चिन्न सक्यो उही व्यावसायिक बन्न सक्छ । नयाँ उद्यम व्यवसाय सञ्चालन गरेर नयाँ विचारहरुको सिर्जनाबाट हुन्छ । वास्तवमा, राम्रो विचार सिर्जनामा लागि उद्यमीहरुले विभिन्न विधिहरु प्रयोग गर्न सक्छन् । जस्तै ः मस्तिष्क अभ्यास, समूह केन्द्रित, समस्या मौज्दात विश्लेषण, चेकलिष्ट विधि, विशेषता सूचीकरण, बृहत सोचाई विधि, फाइदा तथा लागत, नाफा तथा नोक्सान ।
प्रस्तावित व्यवसायको लागत संरचना प्रतिस्पर्धात्मक मूल्यमा पनि स्वीकार्य फाइदा गर्न सक्ने हुनुपर्दछ । यसका लागि सामग्री साधनहरु र श्रम लगत, कारखानाका ओभरहेड, प्रशासनिक खर्चहरु, बिक्री वितरण लागत, सेवा लागत, मितव्ययिता लगायतका कराहरुमा ध्यान पु¥याउनुपर्दछ । नयाँ व्यवसायको भावी नाफा तथा नोक्सान विवरण तयार पारिन्छ । यसमा आय व्यय र नाफा नोक्सानको विश्लेषण गरेको हुन्छ । व्यवसायलाई सफल सञ्चालन गर्न र सरकारलाई आफ्नो कारोबारको बारेमा अभिलेख प्रस्तुत गर्न, कर तिर्न, लेखा परिक्षण गर्न, ऋणदाता संस्थाबाट ऋण प्राप्त गर्न, वित्तीय स्थिति र सशक्तताको बारेमा उल्ल्ेख गरिएका वित्तीय विवरणहरु बनाइएको हुनुपर्दछ । यसका लागि हामी वासलात बनाउन सक्छौँ । जसमा सम्पत्तितर्फ विभिन्न सम्पत्तिहरु जस्तैः चालु, स्थिर र ख्याति आदि राखिएको हुन्छ । यसैगरी दायित्वतर्फ ऋण, अंश पूँजी, पूर्वाधिकार अंश आदिको समेत उल्लेख हुन्छ । परियोजना तयार गर्नु भनेको व्यवसायको थालनी गर्न विभिन्न अध्ययनपश्चात प्रतिवेदन वा प्रस्ताव तयार गर्नु हो ।
परियोजना तयार गर्दा समय, साधन र सम्भाव्यता अध्ययन जस्ता कुरामा विशेष ध्यान दिनुपर्दछ । जस्तै संस्थाको लागि कति साधन चाहिएला त्यसको उपलब्धता कुन स्रोतबाट होला भने कुरा छुटाईनुपर्छ । यसका अलावा मानव संसाधन, उत्पादन प्रणाली, प्रविधि, बजार, प्रतिस्पर्धा, नवप्रवर्तन आदि जस्ता विषयमा परियोजनाकार स्पष्ट हुनुपर्दछ । जसरी चिकित्साविद्हरुले रोग पत्ता लाउनु भनेको नै रोग निको हुनु हो भनिन्छ । परियोजना प्रतिवेदन तयार गर्नु भनेको परियोजना स्थापनाभन्दा अघि काम सम्पन्न गर्नु हो । यस्तो योजना नै गलत तरिकाबाट बनाइयो भने समग्र परियोजना नै बेकार हुन सक्छ । परियोजना प्रतिवेदन तयारीको अर्थ केवल क्रियाकलपाको योजना गर्नु र ऋण स्वीकृत गराउन प्रस्ताव तयार गर्नु मात्र होइन । यसले संस्थाको दीर्घकालीन लक्ष्य तथा अभियानलाई पनि समेट्न सक्नुपर्दछ । त्यसकारण परियोजना अपाmैमा आर्थिक, सामाजिक, साँस्कृतिक, प्राविधि कर राजनीतिक वातावरणबाट कसरी प्रभावित हुन सक्छ भन्ने कुरालाई पनि परियोजना तयारी गर्दा ध्यान दिनुपर्दछ । यसको लागि स्वतः विश्लेषण ९क्ध्इत् ब्लबथिकष्क० गर्ने, विभिन्न परीक्षण गर्ने र समग्र अध्ययनपश्चात निर्णयमा पुग्ने परियोजनाकारले सीप उपयोग गर्नुपर्दछ । परियोजना तयारी गर्नु एउटा जटिल तथा महत्वपूर्ण कार्य हो । विभिन्न कुरामा ध्यान दिनुपर्ने हुँदा यसलाई जटिल कार्यका रुपमा लिइन्छ । अर्कोतर्फ यसबाट भविष्यको अनिश्चितता घटाउन सकिने हुँदा यसलाई महत्वपूर्ण औजारको रुपमा पनि लिइन्छ ।
नेपालमा उदार, खुला र लचिलो नीति अवलम्वनपश्चात् व्यावसायिक क्षेत्रमा बढी प्रतिस्पर्धा हुन थाल्यो । प्रतिस्पर्धा गुणस्तरमा भन्दा कसरी नाफा कमाउने भन्नेमा देखिएको हुँदा कालोबजारीको बिगबिगी हुन थाल्यो । ग्राहक जो कोही पनि हुन सक्ने र जति बेला पनि आउन सक्ने भएको हुँदा हरेक निकायले ग्राहकमुखी सेवाको नीति अवलम्वन गर्नुपर्छ । हाल पनि अधिकांश सरकारी वा गैरसरकारी निकायमा भौतिक पूर्वाधारको अभाव, शिष्ट, शालीन र सभ्य ढंगको प्रस्तुत र व्यवहारको अभाव, छिटोछरितो र प्रतिस्पर्धी सेवाको अभाव, ग्राहकको कुरा ध्यान दिएर नसुन्ने प्रवृत्ति, सुझाव र गुनासो सुनुवाइको अभावजस्ता कारणले व्यवसाय र व्यवसायीप्रति ग्राहकको वितृष्णा बढ्दो देखिन्छ ।
सामान्य अर्थमा व्यवसाय भन्नाले लाभोपार्जन गर्नको लागि मानिसद्वारा गरिने आर्थिक क्रियाकलापलाई जनाउँछ । हामीले दैनिक जीवनमा स–साना चियापसलदेखि ठूल–ठूला उद्योगधन्दा, कलकारखानाहरु सञ्चालन भएको देख्दछौं । आफ्ना परिवार, छर छिमेकी, इस्टमित्र, नातेदारहरुले जीविकोपार्जन गर्नको लागि कुनै न कुनै आर्थिक क्रियाकलापमा संलग्न रहेको पाउँछौं । उनीहरुले पूँजी लगानी गरेर जोखिम बहन गरेबापत त्यसबाट मुनाफा कमाउने अभिप्राय लिएका हुन्छन् । त्यसैले व्यवसाय भनेको मुनाफा कमाउने उद्देश्यले मानिसले सञ्चालन गर्ने आर्थिक क्रियाकलाप हो । व्यवसाय धेरै क्षेत्रहरु समावेश भएको व्यापक शब्द हो । शाब्दिक अर्थमा व्यवसायले …व्यस्त रहने अवस्थाÚ भन्ने बुझाउँछ । यो अर्थ ज्यादै व्यापक छ किनभने मानिस कुनै पनि समय कुनै न कुनै काममा व्यस्त रहेको हुन्छ । ती सबै व्यस्ततालाई व्यवसाय भन्न सकिन्न । आर्थिक उद्देश्य राखेर मानिसहरुद्वारा सम्पादन गरिने कार्यलाई मात्र व्यवसाय भनिन्छ । त्यसैले व्यवसाय अन्तर्गत जीवनोपार्जन तथा जीविकोपार्जनको लागि गरिने सम्पूर्ण मानवीय कार्यहरु पर्दछन् ।
नयाँ व्यवसाय पहिचान तथा छनौट कसरी गर्ने ?
सामान्यतः मुनाफा आर्जन गर्ने उद्देश्यबाट सञ्चालित सामाजिक रुपमा स्वीकार्य र वैध आर्थिक क्रियाकलापलाई …व्यवसायÚ भनिन्छ । व्यवसायको प्रमुख लक्ष्य समाजमा बस्ने मानिसहरुको असीमित आवश्यकताहरुको पूर्ति गर्नु हो । त्यसैले उद्योग, व्यापार र वाणिज्य सेवाहरुद्वारा बस्तु तथा सेवाहरुको महत्व सृजना गरी अन्तिम उपभोक्ताहरुको आवश्कयता पूरा गर्नुपर्दछ । यसरी व्यवसायको सम्बन्ध बस्तु तथा सेवाहरुको उत्पादन, वितरण र विनिमयसँग रहेको पाइन्छ । व्यवसाय नाफाद्वारा प्रेरित आर्थिक क्रियाकलाप भएता पनि यसमा सधैं नाफा नै हुन्छ भन्ने छैन । यसमा जोखिम तत्व समावेश हुन्छ । त्यसैले भनिन्छ æजोखिम छैन भने व्यवसाय हुँदैनÆ । व्यवसाय निरन्तर चलिरहने प्रक्रिया हो । यदि कुनै आर्थिक क्रियाकलाप निरन्तर रुपमा गरिँदैन भने त्यो व्यवसाय हुँदैन । व्यवसायले केही महत्वपूर्ण विशेषता ओगटेको हुन्छ । ठूलो वा सानो व्यापक वा सीमित श्रममुलक वा यन्त्रमूलक जे जस्तो भए पनि व्यवसायले ओगट्ने विशेषता एउटै हुने गर्दछ । प्रत्येक व्यवसायमा नाफा कमाएर जीवनयापन गर्ने तथा सम्पत्ति आर्जन गर्ने लक्ष्य रहने गर्दछ । नाफाको ध्येय नरहने हो भने त्यो समाजसेवा वा मानवताका अन्य पक्षको काम हुन सक्छ, व्यवसाय हुन सक्दैन ।
सफल व्यावसाय प्रारम्भ गर्ने पहिलो चरण असल परियोजना विचारहरूका खोजी गर्नु भनिन्छ । सफलताको कुञ्जी ठीक समयमा ठीक व्यावसायमा प्रवेश गर्नुमा हुन्छ तर सु– सम्पादन गर्न कठिन हुन्छ । यस्ता अवसरहरू पहिचान गर्नका लागि कल्पना, वातावरणीय परिवर्तनमा संवेदनशीलता र संस्थाले के गर्न सक्छ भन्ने सम्बन्धमा यथार्थवादी मूल्याङ्कन आवश्यक हुन्छ । अवसर पहिचान गर्ने कार्य विभिन्न कुरामा निर्भर हुन्छ र विभिन्न कुराले असर पार्छ ।
विचार सृजनाको विधिको प्रयोग गर्न धेरै जानकारी र स्वट विश्लेषणपश्चात पनि निश्चित व्यावसायिक विचार सृजना हुन नसकेमा विभिन्न उपायद्वारा व्यावसायिक विचारको सृजना गर्नुपर्दछ । समूह केन्द्रित विधि अन्तर्गत व्यावसायिक विचार सृजना गर्ने बेलामा केही व्यक्तिहरु जो प्रत्यक्ष रुपमा व्यवसाय सञ्चालनमा आवद्ध हुन्छन्, तिनीहरुलाई निश्चित खाकामा जानकारीहरु दिन लगाइन्छ । अन्त्यमा ती सबै जानकारीको विश्लेषण गरी व्यावसायिक विचारको छनोट गरिन्छ । यस्तो समूहमा बस्ने मानिसहरु ८ देखि १४ जनाको सङ्ख्यामा हुन्छन् र विषयगत ज्ञाता पनि हुन्छन् । मानसिक दबाब विधि समूह केन्द्रित विधिमा छलफल गरेर विचार सृजना हुने गरिएको हुन्छ । यस विधिमा समूहको एउटा व्यक्तिले अर्को व्यक्तिको आलोचना गर्न पाउँदैन । यस विधिमा चाहिँ व्यक्तिले वृहत् विचार भने रा्ख्न पाउँछ र विचारहरु असङ्ख्य सङ्ख्यामा आउनु पर्दछ । त्यसैगरी यस विधिमा सुधारात्मक विचारहरु राख्ने छुट पनि हुन्छ । मानसिक दबाब विधिको प्रमुख्य उद्देश्य भनेको विचारहरुको गहिराइमा पुग्नु हो । जसले सामान्यदेखि जटिल समस्याको पहिचान गरी व्यावसायिक अवसर छोप्ने आधार प्रष्ट्याउन सक्छ ।
व्यावसायिक अवसरको पहिचान व्यावसायिक अवसर भनेको बाह्य वातावरणको एउटा यस्तो क्षेत्र हो, जसको सदुपयोग गर्न सकेमा उद्यमीले उच्च कार्यसम्पादन एवम् सफलता प्रापत गर्न सक्दछ । यसले उद्यमीलाई नयाँ व्यवसाय आरम्भ गर्न र आफ्नो हित अभिवृद्धि गर्न उत्प्रेरित एवम् सक्षम बनाउँदछ । विभिन्न आर्थिक, राजनैतिक, कानूनी, सामाजिक–साँस्कृतिक एवम् प्राविधिक वातावरणीय तत्वहरूमा आउने परिवर्तनले व्यावसायिक अवसरहरू सिर्जना गरेर नयाँ व्यवसायको आरम्भ गर्नमा उद्यमीहरू सक्षम हुनुपर्दछ । उद्यमीले समाजमा भइरहने परिवर्तनहरूलाई अवसरका रूपमा रूपान्तरण गर्नु पर्दछ । यसका लागि सही व्यावसायिक अवसरको पहिचान गर्नु आवश्यक छ ।
१. नयाँ विचारहरू सिर्जनाका स्रोतहरूको पहिचान
२. नयाँ विचारहरू सिर्जनाका विधिहरू निर्धारण
३. उत्तम विचारको छनौट यस अन्तर्गत विभिन्न विचारहरूको मूल्याङ्कन पश्चात् अवसर विश्लेषण गरेर उपयुक्त एवम् उत्तम विचारको छनौट गरिन्छ ।
४. परिस्थिति सर्वेक्षण
५. बाह्य वातावरणीय तत्वहरूको विश्लेषण गर्नु नै परिस्थिति सर्वेक्षण हो ।
६. प्राविधिक परिवर्तन ।
उद्यमीय विचार सिर्जनाको एक प्रमुख स्रोतको रूपमा प्राविधिक परिवर्तनलाई लिन सकिन्छ । प्रविधि गतिशील छ । यो निरन्तर परिवर्तनशील छ । यसको विकास र परिवर्तनको गति दिनानुदिन बढ्दै गएको छ । नयाँ आविष्कार, नवप्रवर्तन आदिले प्राविधिक परिवर्तनको गतिलाई तीव्रता दिएको छ । यसै परिवर्तनका बीचबाट उद्यमीले नयाँ व्यवसायको परिकल्पना गर्न सक्दछ । आज कम्प्युटर र सूचना प्रविधिको विकास र विस्तारकै भरमा संसारभरि करोडौँ र सूचना प्रविधिको विकास र विस्तारकै भरमा संसार भरि करोडौँ नयाँ उद्यमीहरूले आफ्नो व्यवसाय सञ्चालन गर्ने अवसर पाएका छन् । प्राविधिक परिवर्तनबाट व्यावसायिक क्रियाकलापहरू तुरुन्तै प्रभावित हुन्छन् । नयाँ प्रविधिको विकासले पुराना प्रविधिलाई पूर्ण रूपमा विस्तापन गर्दछ । यस्तो प्राविधिक परिवर्तनले उद्यमीहरूलाई नयाँ व्यवसाय गर्ने नयाँ विचारहरू सिर्जना गर्ने अवसर प्रदान गर्दछ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *