कस्ता आए अपिल ?

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सक्रियतापूर्वक सहभागी हुन भनी मौन अवधिअगावै अपिल गरेका छन् । उनले आफ्नो दलको चुनावचिह्नमा मतदान गरी कांग्रेसका उम्मेदवारलाई अत्यधिक मतले विजयी गराउन सबैमा अपील गरेका हुन‍् ।

उनले अपिलमा कांग्रेसको नेतृत्वमा दशकौँसम्म भएका लोकतान्त्रिक सङ्घर्षको अविराम यात्राका थुप्रै आरोह–अवरोह र चुनौती पार गरेर मात्र नागरिकले स्थानीय तहमा आफ्नो सरकार आफैँ बनाउने अवसर प्राप्त गरेको उल्लेख गरेका छन् । अत्यन्त कठिन साधना र समर्पणको फलस्वरूप प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई जगैदेखि संस्थागत र सुदृढ गर्नका लागि यो स्थानीय तहको निर्वाचन कारक बन्ने कुरा उनले उल्लेख गरेका छन् । उनले कांग्रेसकै नेतृत्वमा मुलुकमा अग्रगामी परिवर्तनमुखी सामाजिक र आर्थिक आन्दोलन र अभियान सम्पन्न भएको इतिहासलाई उल्लेख गरेका छन् ।

उनले नेपालका हरेक राजनीतिक आन्दोलन र त्यसको सफलतामा कांग्रेसको निर्णायक भूमिका रहँदै बताउँदै नागरिकको प्रत्यक्ष संलग्नतामा संविधानसभाले बनाएको संविधानको मर्म बुझ्न पनि आग्रह गरेका छन् । उनले संविधानको मर्मलाई कुल्चेर जनादेशको घोर अपमान गरी पटक–पटक प्रतिनिधिसभा विघट्रन गरेर अधिनायकवादी शैली प्रदर्शन गर्ने कार्य भएको भनी पूर्व प्रधानमन्त्री खड्गप्रसाद शर्माप्रति इंगित पनि गरेका छन् । उनले कांग्रेसको नेतृत्वमा संविधानको अक्षर र भावनाको रक्षा भएको भन्दै यही परिवेशमा पाँच दलीय गठबन्धन बनेको पनि दाबी गरेका छन् । यो निर्वाचनमा समेत गठबन्धनलाई निरन्तरता दिनुपर्ने अवस्था आएको बताउँदै देउवाले जारी गरेको अपिलमा ‘‘कांग्रेस एउटा राष्ट्रि«य सङ्कल्प, स्पष्ट दूरदृष्टि, इमान्दार अठोट, सूचना ज्ञान र प्रविधिका जानकार जनशक्ति एवं राजनीतिक तथा शासकीय स्थिरताका लागि प्रतिबद्ध छ । कृषिमा व्यावसायीकरण र आधुनिक प्रविधिको प्रयोग, सर्वसुलभ र गुणस्तरीय शिक्षा र स्वास्थ्य, पर्यटन क्षेत्रको प्रवद्र्धन, जलविद्युत्को उत्पादन, पूर्वाधार रेमिट्यान्सलाई उत्पादनमुखी क्षेत्रमा लगानी गरी स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्नेलगायतका सङ्कल्प कांग्रेसले लिएको छ ।’ भनी भनेका छन् । उनले लोकतन्त्रको रक्षा र संविधानको संरक्षणका लागि कांग्रेसको नेतृत्वमा सरकार बनेपछि कोभिड–१९ महामारीको त्रासदीमा रहेका आम नागरिकलाई २०७८ चैतभित्रै खोप उपलब्ध गराउने प्रतिबद्धता समयमै पूरा भएको पनि दाबी गरेका छन् ।

उनको अपिलमा ‘कांग्रेस जे भन्छ, त्यो पूरा गर्छ । मतदातालाई खोक्रो नारा र सस्तो लोकप्रियताको भ्रममा पार्दैन भन्ने प्रमाणित कांग्रेसले गरेको छ । सन्तुलित विदेश नीतिका कारण अन्तर्राष्ट्रि«य समुदायमाझ भरोसा र विश्वास बढेको छ । संसद्बाट मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) परियोजना पारित भएसँगै पूर्वाधार विकासमा अन्तर्राष्ट्रि«य सहयोग र लगानीका थप सम्भावनाका ढोका खुलेका छन् । भ्रष्टाचारलाई निरुत्साहित गर्दै सु–शासनका पक्षमा उल्लेखनीय काम भइरहेका छन्’ भनी देउवाले आफ्नो अपीलमा उल्लेख गरेका छन् ।

यसैगरी कांग्रेसका महमन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पनि स्थानीय तहको निर्वाचनमा आफ्नो दलका उम्मेदवारलाई मतदान गरी विजयी गराउन अपिल गरेका छन‍् । उनीहरुले संयुक्त भिडियो अपील जारी गर्दै प्रत्येक मतको सदुपयोग गर्ने सम्पूर्ण मतदातालाई विश्वास दिलाएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *