नेता नेपाललाई जिल्लामा राहत

Nayabimarsha (Weekly Newspaper from Nepal)

रौतहट । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई आफ्नो गृह जिल्ला रौतहटमा राहत भएको छ । उक्त दलबाट उम्मेदवार बनेका शम्भु साहले गौर नगरपालिकामा प्रमुखमा विजय हासिल गरेका छन् । उनले पूर्व प्रमुख तथा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार अजय गुप्तालाई पराजित गरेका हुन् ।

साहले छ हजार तीन सय ८१ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी अजय गुप्ताले तीन हजार सात सय ५५ मत प्राप्त गरेका छन् । यसैगरी उपप्रमुखमा पनि सोही दलका उम्मेदवार शैलदेवी विजयी भएकी छिन् । उनले नेपाली कांग्रेसबाट उम्मेदवारी दिएकी डा. शाहजाहा खातुनलाई पराजित गरेकी हुन् । खातुनले तीन हजार छ सय ८५ मत पाउँदा शैलदेवीले चार हजार आठ सय नौ मत प्राप्त गर्दै निर्वाचित भएकी हुन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *