रविले ‘स्वतन्त्र’ बद्नाम गरेको आरोप

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौै÷ पूर्वसञ्चारकर्मी रवि लामिछानेले ‘स्वतन्त्र’ भन्ने शब्दलाई बद्नामा गराउने कार्य गरेको भन्ने आरोप लागेको छ । उनले आपूm स्वतन्त्र रुपमा निर्वाचनमा होमिने भन्दै सञ्चारमाध्यमबाट विदा लिई पूर्णकालिन राजनीतिमा होमिएको घोषणा गरेको समयमा उनमाथि उक्त आरोप लागको हो ।
रविले निर्वाचन आयोगमा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ताका लागि निवेदन पेस गरेपछि त्यसविरुद्ध उजुरीहरु परेका छन् । स्वतन्त्र उम्मेदवार अभियानले आयोगमा उजुरी दिएलगत्तै स्वतन्त्र उम्मेदवार घोषणा गरेका तीन जनाले पनि रवि लामिछानेविरुद्ध आयोगमा उजुरी दिएका हुन् । काभ्रेमा गोकुलप्रसाद बास्कोटासँग निर्वाचनमा उठ्ने घोषणा गरेका मनोज पण्डित, विश्व साइकल यात्री पुष्कर शाह, राष्ट्रिय पोशाक अभियानका अभियन्ता राजकुमार बजगाईंले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासमक्ष उजुरी दिएका छन् ।
‘‘स्वतन्त्र’ शब्दको आफैंमा महत्व रहेको र दलीय भीडबाट फरक छुट्याउन यसले अर्थ बोक्ने हुँदा यही शब्दलाई दलको नाम दिँदा स्वतन्त्र उम्मेदवारहरुलाई यसले असहज असहज परिस्थिति निर्माण गरिदिने भनी उजुरीमा भनिएको छ । ‘स्वतन्त्र’ शब्दको अर्थकै अपव्याख्या हुने अवस्था भएको कुरालाई उजुरीमा उठाइएको छ । त्यसो त कुनै दलमा आवद्ध भएको व्यक्ति स्वतन्त्र हुन नसक्ने बताइन्छ । रविको दलले ‘स्वतन्त्र’ शब्द पाएका खण्डमा त्यसले देशभरि नै स्वतन्त्र रुपमा उठ्ने उम्मेदवारहरुलाई नकारात्मक असर पार्ने देखिन्छ ।
‘स्वतन्त्र’ नाम पाएको कुनै दल भएका खण्डमा उसले छुट्टै निर्वाचन पनि पाउने हुन्छ । त्यस्तो अवस्थामा अन्य स्वतन्त्र उम्मेदवारहरुले पाउने निर्वाचन चिन्ह छायामा पर्नसक्ने अवस्था रहन्छ किनकि मतदातामा ‘स्वतन्त्र’ को चुनाव चिन्ह भनी कुनै दलको चुनाव चिन्ह प्रचारमा आउने हुन्छ जबकि अन्य स्वतन्त्र उम्मेदवारको छुट्टै चुनाव चिन्ह हुने गर्दछ ।
यसैगरी आपूmलाई स्वन्तत्र भन्न रुचाउने कुनै पनि व्यक्ति रविको दलमा नअट्ने अवस्था आउँछ । कुनै पनि दलमा आवद्ध हुनु भनेको स्वतन्त्र हुनु होइन भन्ने मान्यता छ । स्वतन्त्र हुनका लागि कुनै पनि राजनीतिक दलको सदस्य नहुनुपर्ने हुन्छ । रविले लहडमा परी उक्त शब्दको प्रयोग गरेको भनी आलोचना भैरहेको छ ।
नेपालमा नयाँ विचारका साथ आउन चाहेका नयाँ दलहरुले खासै महत्व नपाएको स्थिति छ । जनशक्ति, विवेकशील र साझा दल पछिल्लो समयमा नयाँ विचारका साथमा नेपालको राजनीतिमा आउन चाहेका देखिएका थिए । उनीहरुले नयाँ विचारलाई आफ्नो चुनावी नाराको रुपमा अघि सारे पनि नेपाली मतदाताले उनीहरुलाई खासै महत्व नदिएको अवस्था चुनावी नतिजाले देखाउँदै आएका छन् ।
पछिल्ला निर्वाचन परिणामलाई नियाल्ने हो भने मतदाताले पुरानै दलहरु नयाँ ढंगबाट आइदिए हुने भन्ने सन्देश दिन चाहेको देखिन्छ । पछिल्ला समयमा पुराना दलमा युवापुस्ताका उम्मेदवारहरु बढी रुचाइएका देखिन्छन् । युवाहरु पनि नेपालको राजनीतिमा पुरानै दलबाट आई दलको नीतिमा परिवर्तन गर्न चाहेको जस्तो देखिन्छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *