आयल डुबाएर निजी क्षेत्रलाई जिम्मा लगाइँदै

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि जनताको ढाड सेक्ने हिसाबले गरेको छ । गत जेठ ५ गते राति १२ बजेबाट लागू हुने गरी पेट्रोल एक सय ९९ र डिजलको मूल्य एक सय ९२ रुपियाँ पु¥याएपछि यातायात व्यवस्था विभागले यात्रुवाहक तथा मालवाहक यातायातमा अधिकतम ७.७ प्रतिशतसम्म भाडा बढाएको छ ।
यसको प्रत्यक्ष असर अब उपभोग्य सामग्रीमा पर्ने भएको छ । जनताको ढाड सेक्ने गरी पटक–पटक गरिएको मूल्यवृद्धि आयल निगमलाई बचाउन भन्दा डुबाएर निजी क्षेत्रलाई पेट्रोलियम पदार्थको बिक्रीवितरण गर्न गरिएको प्रपञ्च भएको जानकारले बताएका छन् ।
निगमका कार्यकारी अध्यक्ष उमेशप्रसाद थानीले मूल्य समायोजनअनुसार अझै पेट्रोलमा प्रतिलिटर १३ रुपियाँ घाटा रहेकोले बढ्ने बताएका छन् । यस्तो अवस्थामा जनजीविका र महंगीका विषयमा सशक्त आवाज उठाउने नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ, माओवादी निकट अखिल क्रान्तिकारी जनता समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियन र नेकपा (एमाले) निकट अनेरास्ववियुका नेताहरु कुन दुलोमा छन्, अत्तोपत्तो थाहा छैन ।
सत्तानिकट एक विद्यार्थी संगठनका नेताले देखावटीका लागि आपूmहरु सशक्त आन्दोलनको तयारीमा रहेको बताएका छन् । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ बढेकाले बाध्य भएर बढाउनु परेको रेडिमेड र टालटुले जवाफ दिने गरेका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले निगमलाई रु.५० अर्ब घाटा रहेको र आइओसीलाई रु.२२ अर्ब तिर्न बाँकी रहेको बताएका छन् । निजी क्षेत्रका व्यापारी विशाल ग्रुपलाई पेट्रोलियम पदार्थको लाइसेन्स दिन रु.१० अर्बको ‘डिल’ गरेको उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले आरोप लगाएका छन् ।
रु.१० अर्बको भागवण्डा बालुवाटारसम्म पुग्ने बताइएको छ । पेट्रोल दुई सय २० र डिजेल, मट्टितेल दुई सय रुपियाँ पुगेपछि निजी क्षेत्रलाई निगमको एकाधिकार अन्त्य गर्ने गृहकार्य भइरहेको स्रोतले बताएको छ । जनतालाई राहत दिने हो भने सरकारले लगाएको पूर्वाधार कर हटाए मात्र पेट्रोलियम पदार्थको मूल्य केही सस्तो पर्ने बताइन्छ ।
सरकार विभिन्न नाममा लिने कर हटाउन तयार नहुँदा सर्वसाधारणको भान्छा र दैनिकी कष्टकर बनेको छ । यस्तै अवस्था रहे जनता सडकमा नउआलान् भन्न सकिन्न भनी चर्चा चल्न थालेको छ ।
उता, एमाले नेतृ एवं पूर्वमन्त्री पद्मा अर्यालले आइतबार दिउँसो स्टक रहेको पेट्रोल, डिजेल आपूmनिकट पेट्रोल पम्पहरुमा पठाएर राति १२ बजेदेखि नयाँ मूल्य कायम गरी करोडौँ रुपियाँको चलखेल गरेको बताएकी छिन् । सांसद् अर्यालका अनुसार मूल्यवृद्धि हुनुअघि ३२ लाख ३४ हजार लिटर पेट्रोल, ४५ लाख २१ हजार लिटर डिजेल मौज्दात रहेको अवस्थामा भाउ बढाएपछि पेट्रोलमा छ करोड ७९ लाख १४ हजार र डिजेलमा १२ करोड २० लाख ६७ हजार गरी कुल १८ करोड ९९ लाख ८१ हजार चलखेल भएको र अघिल्लो पटक मूल्यवृद्धि गर्दा पनि २२ करोड घोटाला भई भागशान्ति जय नेपाल गरेको आरोप लगाएकी छिन् । एमालेले अनियन्त्रित चर्को मूल्यविरुद्ध सडकदेखि सदनसम्म संघर्ष गर्ने बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *