‘वडाअध्यक्ष कप’ फुटबल प्रतियोगिता

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ प्रथम ‘वडाअध्यक्ष कप’ फुटसलको ट्रफी गुरूमार्ग युवा क्लबले हात पारेको छ । काठमाडौं महानगरपालिका वडा–८ द्वारा आयोजित प्रथम वडाअध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनल खेलमा सिर्जनशील युवा क्लबलाई ५–२ गोल अन्तरले हराउदैँ गुरूमार्ग युवा क्लब विजेता भएको हो ।
खेलको शुरूवाती चरणमा सिर्जनशील युवा क्लबले अग्रता लिएको भए पनि पछिल्लो समय खेललाई लयमा फर्काउदैँ गुरूमार्ग युवा क्लबले जीत हासिल गरेको थियो । उक्त प्रतियोगितामा बेष्ट टीमको ट्रफी सन्ध्या पुस्तकले हात पारेको छ । भने, बेष्ट किप्पर अफ द म्याचको ट्रफि सनिर श्रेष्ठले हात पारेका छन् ।
त्यस्तै, प्रतियोगितामा बेष्ट किपरको ट्रफी सञ्जिव तामाङले हात पारेका छ्न् भने सबैभन्दा धेरै गोल हानेर हाइजर गोलको ट्रफि सुप्रिम डंगोलले हात पारेका छन् । त्यस्तै, बेष्ट प्लेयर अफ द सिजनको ट्रफी मनिश सेढाईले पाएका छन् । खेलमा विजेता खेलाडीहरूलाई पुरस्कारसहित ट्रफी मेडल तथा चेक प्रदान सांसद एवम् नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गरे ।
कार्यक्रममा कामपा वडा–८ का वडाअध्यक्ष आशामान संगतले, विजेता खेलाडीहरूलाई शुभकामना व्यक्त गर्दै प्रतियोगितालाई आगामी वर्षहरुमा पनि निरन्तर दिने बताए ।
त्यसैगरी कार्यक्रमको विशेष अतिथिका रूपमा ने.का.क्षेत्र नं.–४ सभापति एवं समाज सेवी श्यामकृष्ण संगत, विशेष अतिथि वरिष्ठ समाजसेवी नरोत्तम वैद्य, अ.ने.फुटबल संघ एन्फाका निवर्तमान अध्यक्ष कर्माछिरिङ्ग शेर्पा, लोकतान्त्रिक खेलकुद बागमती प्रदेशका अध्यक्ष दीपक गुरूङ, कार्यक्रम संयोजक शेखर देउला, वडा सदस्यहरू सरस्वती राजभण्डारी, सलोनी ओडारी, राजलक्ष्मा भुसाल तथा विभिन्न क्लबहरूका प्रतिनिधि तथा खेलाडी सहित दर्शकहरूको उपस्थिति रहेको थियो ।
प्रतियोगिताका विजेता टीमले नागद ५० हजार सहित प्रमाणपत्र, ट्रफी तथा मेडल हात पारेका छन् । उप विजेता टीमले नगद २५ हजार, ट्रफी, मेडलसहित प्रमाणपत्र हात पारेको छ । उक्त प्रतियोगितामा कामपा– ८ भित्रका आठ ओटा क्लबहरूका आठ ओटा टीमहरूको सहभागिता रहेको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *