ललितपुरमा राष्ट्रिय बालमहोत्सवको तयारी

Nayabimarsha (Weekly Newspaper from Nepal)

रोशन काफ्ले
ललितपुर÷ नेपाल बालसाहित्य समाजले आगामी श्रीपञ्चमीको अवसर पारेर वृहत् राष्ट्रिय बालमहोत्सव आयोजना गर्ने भएको छ ।
ललितपुुरको पाटन संग्राहलय परिसरमा आगामी माघ ९ गतेदेखि ११ गतेसम्म महोत्सव गरिने भएको जानकारी समाजका अध्यक्ष विजयराज आचार्यले दिनुभयो । उक्त महोत्सवमा काठमाडौँ उपत्यकाका निजी र सामुदायिक विद्यालयका एक हजारभन्दा बढी विद्यार्थीहरुले सहभागिता जनाउने अपेक्षा गरिएको पनि आयार्चले जानाकारी दिनुभयो ।
महोत्सवका अवसरमा ललितपुुर महानगरपालिका, पाटन संग्राहलय, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, साझा प्रकाशन, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशज (प्याब्सन) र नेशनल प्याब्सनलगायतका संस्थाको सहआयोजना रहने बताइएको छ । महोत्सवमा पठन संस्कृति, सम्पदा र शिक्षा, पर्यटन र प्रविधिका साथै बालबालिकासम्बन्धी विभिन्न बहस हुने जनाइएको छ ।
महोत्सवकै अवसर पारेर पुस्तक र चित्रकला प्रदर्शनीसमेत हुने पनि जनाइएको छ । महोत्वस हुनु अगाडि उपत्यकाका ६० निजी र सामुदायिक विद्यालयका एक सय २० बालबालिकालाई बालकथा लेखन कार्यशालामा सहभागी गराउने अपेक्षा आयोजकले लिएको छ ।
महोत्सव आयोजनाका लागि बालसाहित्य समाजका कोषाध्यक्ष यशोदा अधिकारीको संयोजकत्वमा सल्लाहकार समिति गठन गरिएको छ । समितिमा ललितपुुर महानगरपालिको बालकल्याण शाखा प्रमुुख सरिता महर्जन, प्याब्सन ललितपुरका अध्यक्ष अर्जुन महर्जन, ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव देवेन्द्र थुम्केली, रातो बंगला किताबकी मनिता गुुरुङ रहनु भएको छ । यस्तै, साझा प्रकाशनका अध्यक्ष शेखर गिरी, समाजका अध्यक्ष विजयराज आचार्य र वरिष्ठ बालसाहित्यकार प्रमोदकुमार प्रधानलगायत रहेको सल्लाहकार समिति पनि गठन गरिएको कोषाध्यक्ष अधिकारीले जानकारी दिनु भएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *