कलाकारले सचेतना फैलाउने हो कि ?

Nayabimarsha (Weekly Newspaper from Nepal)

रुषा थापा

सरकार र आम सर्वसाधारणले केही वर्षअघिसम्म कलाकारलाई राष्ट्रिय गहना भन्थे । विगतमा कलाकारहरुले आफ्नो कलामार्फत अन्याय, अत्याचारविरुद्ध बोलिदिँदा वा लुकेका कुरा बाहिर ल्याउँदा धेरै परिवर्तन भयो । जनतामा चेतना जागिएको थियो । राजाको पनि आँखा खुलेको थियो ।
कलाकारले जनता र राष्ट्रको लागि आफ्नो कलामार्फत धेरै काम गर्न सक्छन् । जनतामा सचेतना जगाउनुका साथै मुलुकमा विकासको मूल फुटाउनसमेत कलाकारको धेरै महत्व छ । एक दशकअघिसम्म कलाकारको छुट्टै मान, सम्मान हुन्थ्यो । जनताले उनीहरुलाई हेर्ने दृष्टिकोण निकै फरक थियो ।
अहिले यसको ठीक विपरित भएको छ । जनताले कलाकारलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छ । केही गरी बाटोमा कोही कलाकार भेटिहाले पनि जनता उनीहरुको सम्मान गर्दैनन् । पहिला–पहिला अभिभावकहरु आफ्नो छोराछोरी पनि कलाकार होस् भन्ने चाहना राख्थे । केही समययता छोराछोरी कलाकार भएमा बिग्रिन्छन् भनेर अभिभावकहरुमा डर पैदा भएको छ ।
पछिल्लो समय कलाकारविरुद्ध पनि बलात्कार मुद्दा दायर भयो । जेल जानुप¥यो । कतिपय कलाकार मीटरब्याजमा कर्जा लगानी गरेकोले विवादमा तानिए त कतिपय कलाकार ठगीमा संलग्न भएको पनि खुलेको छ । त्यस्तै, चुनावको समयमा त कलाकारहरुको पार्टी प्रवेशले नै जनता छक्क परे । कोही कलाकार एमाले प्रवेश त कोही कलाकार कांग्रेस, माओवादीमा प्रवेश गरे भनी समाचारहरु आइरहे ।
वैवाहिक सम्बन्धमा बाँधिएपछि पनि कलाकारहरुको सम्बन्धविच्छेद भएका घटना थुप्रै छन् । कतिपय कलाकार भने विवाह नै नगरी बसेको पनि देखिन्छ । कलाकारलाई आफ्नो छोराछोरी दिन कोही रुचाउँदैनन् भन्न थालिएको छ किनकि समाज र सर्वसाधारणले उनीहरुलाई हेर्ने दृष्टिकोण नकारात्मक हुँदैं गएको छ ।
कलाकार समाजबाट नाङ्गिन थालेका छन् । सर्वसाधारणको विश्वास उनीहरुले गुमाइसकेका छन् । जनता र राष्ट्रको हितमा काम गर्न कलाकारहरुलाई धेरै अवसर आएको थियो तापनि उनीहरुले केही गरेनन् । २०७२ बैशाख १२ गते महाभूकम्प आयो । कोरोना महामारीको संकट निम्तियो । अहिले फेरि जाजरकोट र रुकुम पश्चिम भूकम्पले ध्वस्त भएको छ ।
यसबीचमा कलाकारहरुले जनता र राष्ट्रको सहयोगका लागि केही गरेनन् । उल्टो क्रिकेट रंगशाला बनाउने नाममा भ्रष्टाचार गरियो त सहयोगका नाममा माझीबस्ती नै जोखिममा राखियो । समाजले पचाउने नसक्ने कार्यमा कलाकारहरु संलग्न भएका देखिन्छन् । कलाको नाममा आफ्नो अंग प्रदर्शन वा अपशब्दको प्रयोग गरिरहेको देखिन्छ । आपूmले गाएको गीत, नृत्यु र पोशाकले समाजले के–कस्तो असर पर्छ भनेर कलाकारहरु सोच्दैनन् ।
पैसा पाउने भएपछि जुनसुकै गीत र कपडामा उनीहरु जस्तोजुकै कार्य गर्न पनि तयार भएको बताइन्छ । आपूm चर्चामा आउने भएपछि जस्तोसुकै विज्ञापन पनि कलाकारहरुले गरेको देखिन्छ । वैवाहिक सम्बन्धमा बाँधिए पनि कलाकारहरु बाहिर अन्यसँग सम्बन्धमा रहेको पनि सुनिन्छ । अहिले परिवारका सबै सदस्य सँगै बसेर फिल्म, गीत हेर्न सकिँदैंन किनकि फिल्ममा भएका दृश्यहरु निकै छाडा हुन्छन् । कलाकारले राजनीतिक पार्टीको सदस्यता लिनुहुन्न । उनीहरु जनता र राष्ट्रको गहना हुन् । कुनै पार्टीको कार्यकता होइन ।
पछिल्लो समय सायदै कुनै कलाकारले राजनीतिक पार्टीको सदस्यता नलिएको होला । अहिले सबै कलाकार राजनीतिक पार्टीमा संलग्न छन् । झोले बनेका छन् । सर्वसाधारणले नेपाली चलचित्र हेर्न छोडेका छन् । चलचित्र नचले पनि फिल्म हल बनाउने साहु पनि डुबेका छन् । उनीहरु हल भत्काउने तयारीमा छन् ।
अन्य मुलुकका कलाकार जनता र राष्ट्रलाई आफ्नो आवश्यकता परेको समयमा रात दिन नभनी खट्छन् । आफ्नो सम्पत्ति राज्यलाई हस्तान्तरण गरेको पनि उदाहरण छ । हाम्रो मुलुकका कलाकारहरुले त जनता र राष्ट्रलाई अफ्ठ्यारो परेको समयमा सहयोग गरेको देखिँदैंन ।
कलाकारसँग धेरै कुराको ज्ञान, अनुभव हुनुपर्छ । नेपाली कलाकार त मुलुकको प्रधानमन्त्री, राष्ट्रपतिको नाम समेत बताउन सक्दैंनन् । आफ्नै देशको बारेमा समेत उनीहरु केही बोल्न सक्दैंनन् । हाम्रो मुलुकको कलाकारहरुको इतिहास हेर्दा उनीहरु पैसा खर्च गरेर यहाँसम्म पुगेको देखिन्छ ।
उनीहरुसँग न कला गर्ने क्षमता छ न कुनै विषयको ज्ञान, अनुभव । कलाकारहरु बदनाम हुँदैं गएका छन् । राष्ट्रपति भने उनीहरुको सम्मान गरिरहेका छन् । हाम्रो देशका कलाकारहरुको त देशविदेश घुम्ने मात्र लक्ष्य रहेको देखिन्छ । जनता र राष्ट्रले आपूmलाई कलाकार भनोस् नभनोस् तर उनीहरु आपूmलाई ठूलै कलाकार ठान्छन् ।
कलाकार हुँ भन्दै विदेश घुम्न जाने अनि त्यहाँका जनतालाई पनि ठग्ने काम भएको पनि देखिन्छ । नेपाली कलाकारलाई जनताले पत्याउन छोडेका छन् । उनीहरुले खेलेका फिल्म, भिडियो हेर्न छोडेका छन् । यसले कतिपय कलाकार पत्रकार बनिरहेको पनि देखिन्छ ।
आफैंले युट्युब च्यानल खोलेर अन्य कलाकारलाई बोलाई अनाश्वयक प्रश्न गर्ने गरेको पनि देखिएको छ । २०७९ बैशाख ३० गते स्थानीय निर्वाचन भयो । काठमाडौं महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसको तर्फबाट प्रकाशमान सिंहकी पत्नी सिर्जना सिंहले उम्मेदवारी दिएका थिइन् । उनले घरदैलोको क्रममा आपूm घर चलाउन सफल भएकोले महानगर पनि चलाउन सफल हुने भन्दै मत मागेकी थिइन् । गत वर्षको मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका प्रकाशमान सिंहले निर्वाचन जिते । २०६४ सालदेखि लगातार उनी यसै क्षेत्रबाट चुनाव जित्दै आएका छन् ।
त्यसयता उनी पटक–पटक मन्त्री भए । फेरि कर्मचारी सरुवा, बढुवा, ठेक्कापट्टासम्बन्धी काम भने उनकी पत्नी सिर्जनाले गर्दै आएकी थिइन् । ससुरा गणेशमान र पति प्रकाशमानको नाममा आपूmले निर्वाचन जित्ने आशमा उनी मैदानमा उत्रिन । पार्टीले पनि प्रकाशमानकै आडमा उनलाई टिकट दियो । जनताले उनीलाई पत्याएनन् ।
निर्वाचनअघि नाम नै नसुनेको स्वतन्त्रबाट उठेका बालेनलाई काठमाडौंबासीले चुनाव जिताए । बालेनअघि राजनीतिक पार्टीबाट प्रमुख भएकाले काठमाडौंबासीका लागि केही गरेनन् । अहिले बालेनको कामले काठमाडौंबासीको शिर उठेको छ अनि विश्वमा बालेनको चर्चा छ ।
क्षमता नभएको व्यक्ति पैसा खर्च गरेर कलाकार बन्दा कसरी टिकिन्छ ? मेहेनत र धैर्यता गरेपछि त्यो व्यक्ति आफ्नो लक्ष्यमा पुग्छ । नेपालका कलाकारहरु त आफ्नो मातृभूमिलाई छोडेर विदेश पलायन भएका छन् किनकि उनीहरुले खेलेको फिल्म, भिडियो जनताले रुचाएनन् ।
यदि समाजमा भएका विकृति, विसंगति हटाउने र जनतामा सचेतना फैलाउने फिल्म, भिडियो उनीहरुले गरेको भए आज विदेश पलायन हुनु पर्दैन थियो कि ? कला गर्ने क्षमता नहुँदा आज उनीहरुले विदेशीको गुलामी गर्नुपरेको छ । कलाकार, निर्माताहरुले गरिब, अशिक्षितहरुको नाममा धेरै फिल्म बनाए ।
त्यसबाट थुप्रै पैसा पनि कमाए तर ती गरिबहरुको लागि केही गरेनन् । त्यसैले, जनता फिल्म निर्माता, निर्देशक र कलाकारलाई मन पराउँदैनन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *