गोपालमानले ताके राष्ट्रियसभा अध्यक्ष

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासहित २० जना सांसदको अवधि आगामी २०८० फागुन २० गतेबाट सकिँदै छ । १९ सिटका लागि आगामी माघ १९ गते निर्वाचन हुने कार्यतालिका निर्वाचन आयोगले प्रकाशित गरेको छ । २० सिटमध्ये एकजना राष्ट्रपतिले मनोनीत गर्ने व्यवस्था छ ।
राष्ट्रियसभामा एमालेका ८, काँग्रेस ४, माओवादी केन्द्रका ३, एकीकृत समाजवादीका २, जसपाको १ र स्वतन्त्र गरी १९ पद रिक्त हुँदैछ । यही मौकामा चौका हान्न अध्यक्ष पदका लागि नेपाली काँग्रेसका नेता गोपालमान श्रेष्ठको सकृयता बढेको छ । नेता श्रेष्ठ २०४८ सालदेखि २०५६, २०६४ र २०७० मा स्याङ्जाबाट निर्वाचित हुँदै विभिन्न मन्त्रालयको मन्त्री हुँदै पछिल्लो पटक उपप्रधानमन्त्रीसहित शिक्षामन्त्री बनेका थिए ।
२०७४ को चुनावमा नेकपा (एमाले) की सचिव पदमा अर्यालसँग पराजित भएका श्रेष्ठले २०७९ को निर्वाचनमा समानुपातिक सूचीमा बसे पनि सांसद बन्न पाएनन् । जनजातिको कोटालाई वाइवास गरेर मधेशी कोटाबाट विमलेन्द्र निधि सांसद बने । उमेरले डाँडो काटे पनि स्वस्थ देखिने नेता श्रेष्ठको अन्तिम इच्छा राष्ट्रियसभाको अध्यक्ष बन्ने रहेको समाचार श्रोतले बताएको छ ।
२०८४ को चुनाव आउन अझै चार वर्ष बाँकी रहेकाले संवैधानिक परिषद्को सदस्य मानिने राष्ट्रियसभाको अध्यक्षप्रति श्रेष्ठले चासो राखे पनि सभापति शेरबहादुर देउवा भने मौन छन् । राष्ट्रियसभाको अध्यक्षमा नेता कृष्णप्रसाद सिटौलाले पनि इच्छा देखाएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *