रुषा थापा
भाटभटेनी सुपरमार्केट, बिग मार्केट, किराना पसललगायतमा समेत अहिले सामान प्याक गरेर राखिएको हुन्छ । त्यहाँ लेखिएको मूल्य नै तिरेर आम उपभोक्ताले सामान खरिद गर्छन् । त्यो सामानको तौल निकै कम हुने गरेको गुनासो छ । सामानको मूल्य ह्वात्तै बढेको छ भने तौल पहिलाभन्दा कम हुने गरेको छ ।
चामल, चाउचाउ, पिठो, तेल, बिस्कुट, पाउरोटीलगायत सामग्रीको तौल तोकिएअनुसार नहुने उपभोक्ताहरु बताउँछन् । एकातिर त्यो सामानको मूल्य आपूmखुशी राखिएको हुन्छ, अर्कोतिर म्याद गुज्रिएको सामान बेचिन्छ । अहिले त माछामासु, दही, दूध, फलफूल पसलको अवस्था पनि यस्तै छ । बोतल, जारको पानी समेत गुणस्तरहीन छ ।
सामानको मूल्य बढी लिइन्छ तर उपभोक्ताको आँखा छलेर बासी, कुहिएको वा तौल कम दिइन्छ । बुढापाका भन्थे, ‘ढक–तराजु समात्नेले ठगेमा मर्ने बेला सास समेत जाँदैंन ।’ यसले धेरै मानिसहरु व्यापारव्यवसाय गर्न डराउँथे । अहिले यसको ठीक विपरीत छ । एउटाले ठगेर कमाएको देखेपछि व्यापारव्यवसाय गर्नेको लर्को लागेको छ ।
उपभोक्तासँग आपूmखुशी मूल्य लिएर कुहिएको, बिग्रिएको, बासी, कम गुणस्तर र तौल कम सामग्री दिइन्छ । चिया पसलदेखि ठूल्ठूल्ला व्यापारीले समेत ठगी गर्ने क्रम बढ्दो छ । चिया पसलमा जाँदा सानो प्लास्टिकको गिलासमा चिया दिइन्छ । पैसा भने ३० रुपियाँ लिइन्छ । खाजा खानको लागि होटल जाँदा पनि प्लेटमा दुई चम्चा आलु दिइन्छ । पैसा भने ५० रुपियाँ लिइन्छ । साधारण होटलमा साझा खान खाँदा पनि दुई सय रुपियाँ लिइन्छ । मासु खाँदा त झन् दुई पिस कुकुराको दिइन्छ अनि तीन सयदेखि पाँच सयसम्म लिइन्छ ।
फेरि दोहो¥याएर खान माग्दा अल्मल्याउन कहिले खाना पाक्दै छ भन्छ त कहिले बासी, डढेको समेत दिइन्छ । बजार अनुगमन सरकार गर्दैन । न त सामानको मूल्य निर्धारण गर्छ । व्यापारीहरु आपूmखुशी मूल्य त सामानको तोक्छन् नै सँगै कुहिएको, बिग्रिएको र कम तौल दिएर उनीहरुलाई ठग्छन् पनि ।
मानिसहरु गाउँघरबाट आउँछन् तर आफन्त, साथीभाइ कोही नभएपछि लजमा जान बाध्य हुन्छ । लजमा एक रात सुतेको पाँच सय लिइन्छ तर ओढ्ने, ओछ्याउने गनाएर सुत्न सकिदैंन । दोहोरी साँझ, होटल, रेस्टुरेन्टलगायतमा अहिले नक्कली मदिरा बिक्रीवितरण भइरहेको पनि बुझिन्छ ।
बाहिर आकर्षक देखिए पनि भित्र खानै नहुने वा स्वास्थ्यमा गम्भीर असर पु¥याउने सामानहरु मिसाएको हुने बताइन्छ । कानूनले घरेलु मदिरामा प्रतिबन्ध लगाएको छ । यो न त बनाउन पाइन्छ न खान । होटलहरुमा भने कोदोको रक्सी भन्दै राँगा, भैंसीको हाड, मल, जुत्ता, पुरानो कपडाहरुको रक्सी बनाएर बिक्रीवितरण गरिरहेको पाइन्छ । यसले गर्दा रक्सी पिउने मानिसको स्वास्थ्यमाथि ठूलो खेलबाड भएको छ । एकातिर उसको पैसा सकिन्छ, अर्को ऊ छिटो पनि मर्छ । रक्सीकै कारण उमेर नहुदैं धेरैको ज्यान गएको छ । घरपरिवार तहसनहस भएको छ । बालबच्चा वा बालबालिकाको भविष्य अन्धकार हुन पुगेको छ । त्यसैले, अब सरकारले यस्तो रक्सी बनाउने र बेच्नेलाई कानूनको दायरामा ल्याउन जरुरी छ ।
काठमाडौं महानगरपालिकाले सूर्तीजन्य पदार्थको सेवन, बिक्रीवितरण, ओसारपसारमा त रोक लगायो । सँगै स्थानीय रक्सी उत्पादन र बिक्रीवितरणमा पनि प्रतिबन्ध लगाउनुपर्छ । आफ्नो फाइदाको लागि सर्वसाधारणको स्वास्थ्यमाथि खेलबाड गर्ने यस्ता व्यापारीलाई कानूनी कारबाही गर्नुपर्छ ।
प्रहरी प्रशासनलाई कुन ठाउँमा रक्सी बनाइन्छ भनेर स्पष्ट थाहा हुन्छ तर त्यस्ता व्यापारीलाई कारबाही गर्दैन । उल्टो हप्ता उठाउनुका साथै आफैंले पनि रक्सी सेवन गर्दछ । कानून कार्यान्वयन गर्ने निकाय नै पैसामा बिक्ने गर्छ । सरकारी कार्यालय जाँदा कतिपय कर्मचारी रक्सीको धुनमा हुन्छन् । रक्सी पिएर कार्यालय आएका उनीहरुसँग बस्न त के बोल्न पनि सकिदैंन । सरकारी कार्यालयमा सञ्चालित क्याटिनमा नै मदिरा बिक्रीवितरण गर्न राखिएको हुन्छ । प्रहरी चौकी वरपरकै होटलमा पनि रक्सी बेच्न राखिएको हुन्छ । व्यापारीले पैसा दिएमा प्रहरीहरु चुपचाप बस्छन् त ।
पैसा नपाएमा मात्र प्रहरीले त्यो रक्सी र बेच्ने व्यापारी देख्छ । यहाँ त व्यापार गर्ने नाममा जसरी भएपनि सर्वसाधारण ठगिन्छ । अर्कोतर्फ गुणस्तरहीन सामान बेचेर सर्वसाधारणको स्वास्थ्यमाथि पनि खेलबाड गरिन्छ । सदनमा ऐनकानून बन्छ । त्यो कानून कार्यान्वयन गर्ने निकाय भने पैसामा बिक्दै आएको छ ।
मिठाई पसल बाहिर त आकर्षक देखिन्छ तर भित्र भान्छामा जाँदा जीवनभर मिठाई नखानुजस्तो महसुस हुन्छ । होटल, रेस्टुरेन्टको भान्छाको पनि त्यस्तै हालत हुन्छ । सर्वप्रथम त भान्छामा छिर्न दिइँदैन । के गरी छिरेमा त्यहाँ खान त के बस्न पनि सकिन्न ।
मासु पसलमा पनि खसीको भन्दै बाख्रा र राँगाको भन्दै भैंसीको मासु बेचिन्छ । फर्मबाट मरेका कुकुरा ल्याएर मासु पसलेहरु बेच्छन् । बजारमा यस्तो भइरहँदा सरकार कहाँ छ ? यदि सरकार भएको भए त बजारमा यस्तो काम नै हुदैंन्थ्यो नि ? अहिले हरेक तरकारी विषालु छ । अघिल्लो दिन किनेको ल्याएको फलफूल तथा तरकारी भोलिपल्ट कुहिन्छ । यति मात्र नभई औषधि पसलमा समेत नक्कली, गुणस्तरहीन औषधी बिक्रीवितरण भइरहेको पाइन्छ । कतिपय औषधि पसलले लागूऔषध समेत बिक्रीवितरण गर्दै आएको सुनिन्छ ।
सरकार यसतर्फ पनि ध्यान दिँदैन । बजार अनुगमन गर्दैन । व्यापारीहरुले दर्ता बिना नै व्यवसाय सञ्चालन गरेका छन् । अनि सरकार स्वीकृति बिना सञ्चालित व्यवसाय त बन्द गर्न सक्दैंन भने बजार अनुगमन त के नै गर्छ । घरधनीहरु राज्यलाई कर तिर्दैनन् । भाडा भने महिनामै लाखौं उठाउँछन् । राज्यलाई कर तिर्नुपरेमा घर खाली रहेको वा आप्mनै मान्छे बसेको बताउँछन् । यहाँ जसले जसलाई जति ठगे पनि सरकारलाई मतलब छैन । राज्य नै ठगिएको छ भने पनि सरकार केही गर्दैन । स्थानीय तहहरुले अहिलेसम्म आफ्नो कार्यक्षेत्रभित्र कोठा, सटर र प्mल्याटको भाडा निर्धारण गरेका छैनन् ।
स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरुले आर्थिक लेनदेनमा सरकारको मापदण्डभित्र नपरेको घरलाई पनि घर सम्पन्नताको प्रमाणपत्र दिएको सुनिन्छ । बजार अनुगमन गर्न न वडाका कर्मचारीले चासो दिन्छन् न नगरपालिकाका । यता, जिल्लाका प्रजिअ वा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग पनि बजार अनुगमन गर्दैनन् ।
काठमाडौं उपत्यकाभित्र तथा बाहिरका होटल, रेन्टुरेन्टमा यौनधन्दा भइरहेको सुनिन्छ । यसतर्फ पनि सरकारले चासो दिएको छैन । न त स्थानीय तह र प्रहरी प्रशासनले । बजार अनुगमन गर्न कर्मचारीको अभाव छैन । कर्मचारीहरु भने तलबभत्ता र सेवासुविधा उपभोग गर्नमै व्यस्त छन् ।
जनताले जिताएकाहरु पदमा पुगेपछि आफ्नो सबै चुनावी वाचा बिर्सिन्छन् । कालो सिसा भएको गाडीमा चढ्छन् अनि आपूmभन्दा माथि कोही छैन ठान्छन् । सरकारी कर्मचारीहरु कार्यालयमै घुस बुझिरहेका छन् । केही गरी कार्यालयमा घुस लिन नमिले होटल, रेस्टुरेन्टमा गएर लिन्छन् । सरकारमा बस्नेहरु अहिलेसम्म सुरक्षाकर्मीबिना बजारको अवस्था बुभ्mन हिँडेको उदाहरण छैन । व्यापारीहरुले राजश्व छलेका छन् । सर्वसाधारण उपभोक्ता ठगेका छन् तर सरकार भने मतलब गर्दैन ।
सरकार न आफ्नो मातृभूमिको संरक्षण गर्न सक्छ न त सर्वसाधारण ठग्ने व्यापारीलाई कानूनको दायरामा ल्याउन सक्छ । व्यापारीहरु हप्तैपिच्छे सामानको मूल्य बढाउँछन् । घरधनीहरु तीन÷तीन महिनामा भाडा बढाउँछन् त सार्वजनिक यातायातको भाडा बढेको बढ्यै गर्छ । अनि सरकार कहाँ छ ? अहिले त मुलुकमा सरकार छ भन्नेमा पनि जनता अन्यौलमा छन् ।