अनुषा थापा
बुढोपाकाले भन्थे, ‘अरुलाई रुवाए, दुःख दिए, ठगे वा मारे, अर्को जुनीमा भोग्नुपर्छ ।’ केही वर्षअघिको कुरा हो– पत्रकार शालिग्राम पुडासैनीले भक्कानिएर रुँदै भिडियो तयार गरे । पत्रकार राज्यको चौथों अंग हो । हतपत्त पत्रकारहरु कोहीसँग डराउँदैनन् भन्ने सर्वसाधारणको मनमा अहिले पनि छ ।
पुडासैनी पनि पत्रकार नै थिए । राज्यको चौथों अंग थिए । उनी कलिलै उमेरका थिए । पुडासैनीमो जन्मथलो नुवाकोट हो । उनी राजधानी काठमाडौंमा बस्दै आएका थिए । आर्थिक अवस्था कमजोर भएका घरपरिवारका थिए, पुडासैनी । केही समयअघि मात्र वैवाहिक सम्बन्धमा बाँधिएका थिए, उनी ।
उनले न्यूज २४ मा रवि लामिछानेसँग काम गरे । लामिछानेको सम्पूर्ण गोप्य कुरा उनले थाहा पाइसकेका थिए । पुडासैनीले लामिछानेको बारेमा सबै कुरा थाहा पाएपछि न्यूज २४ छोडेर उनी माउण्टेन टेलिभिजनमा गए । पछि लामिछानेको दबाब सहन नसकेपछि उनले चितवनमा गएर आत्महत्या गरे ।
आपूm मरे पनि राज्यलाई अपराधी समात्न सजिलो होस् भनेर उनले आत्महत्या गर्नुअघि रुँदैं भिडियो रेकर्ड गरेका थिए । उक्त भिडियोमा लामिछानेको दुइटा नागरिकता, राहदानी रहनुका साथै धेरै व्यापारीहरुलाई धम्काएर पैसा लिएको उनले बताएका थिए । पुडासैनीले आत्महत्या गरेपछि प्रहरीले अनुसन्धान गर्ने क्रममा सो भिडियो भेट्यो ।
त्यो भिडियो विभिन्न सञ्चारमाध्यममार्फत बाहिरियो । कतिपय सञ्चारमाध्यम भने त्यो भिडियो सार्वजनिक गर्न डराए त कतिपय सञ्चारमाध्यमले सार्वजनिक गरे । पुडासैनीको त्यो भिडियो सार्वजनिक भएपछि जनताले लामिछानेको विरोध गर्न शुरु गरे । उनले कारबाही गर्नुपर्ने आवाज उठ्न थाल्यो ।
प्रहरीले लामिछानेलाई न्यूज २४ को कार्यालयबाट समात्यो । त्यसपछि पुडासैनीले आत्महत्या गरेको ठाउँ चितवन लगियो । न्यूज २४ का पत्रकारहरुले लामिछाने निर्दोष रहेको र उनलाई फसाउने लागिएको भन्दै चितवनबासीलाई सडकमा उत्रिन बाध्य बनाए । त्यतिखेर लामिछाने राजावादी थिए ।
उनकी श्रीमती पनि राजनीतिक दलमै आबद्ध थिइन् । राजावादीहरुले मुलुकभरका आफ्ना कार्यकर्ता तथा समर्थक चितवन लगे । नेपालका मै हुँ भन्ने कलाकार पनि लामिछानेलाई चितवनमा भेट्न पुगे । चितवनमा भीड एकदमै बढिसकेको थियो किनकि त्यहाँ पैसा खर्चिएर मानिसहरु ल्याइएको थियो । भीड बाक्लो भएपछि प्रहरी प्रशासनलाई नियन्त्रण गर्न गाह्रो भयो ।
त्यसपछि चितवन जिल्ला अदालतले लामिछानेलाई तारिखमा छोडिदियो । तारिखमा छोडेपछि लामिछानेले त्यहाँ ठूलो कार्यक्रम गरे । चितवनबासीको गुन कहिल्यै नबिर्सिने भन्दै उनले भाषण गरे । राजनीतिक पहुँच र पैसाको आडमा लामिछानेले पछि उच्च अदालत पाटनबाट सफाइ पाए ।
२०७९ मंसिर ४ गतेको प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा उनले चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिए । चुनाव जितेपछि गृहमन्त्री बने । गृहमन्त्री भएपछि उनको नागरिकता र राहदानीको विषयमा अदालतमा मुद्दा प¥यो । कारण थियो, उनको दुइटा नागरिकता र राहदानी छ । नेपाली र अमेरिकन । अदालतले लामिछानेले नेपाली नागरिकता त्यागेर अमेरिकन नागरिकता र राहदानी लिएको तर त्यो नागरिकता त्यागेर पुनः नेपाली नागरिकता नलिएकोले अमेरिकन नागरिकता त्यागेर नेपालको संविधानबमोजिम नेपाली नागरिकता लिन फैसला सुनायो ।
नागरिकताकै कारण उनको गृहमन्त्री, सांसद र पार्टीको सभापति पद गुम्यो । नेपालको संविधानबमोजिम नागरिकता लिन्छु भन्दै लामिछानेले पछि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता लिए । चितवन क्षेत्र नम्बर २ मा २०८० बैशाख १० गते उपनिर्वाचन भयो । जनताले फेरि पनि दोहो¥याएर मतदान गर्नुप¥यो त जनताले तिरेको कर खर्च भयो । यता, पत्रकार पुडासैनीले मर्नुअघि रेकर्ड गरेको भिडियोमा भनिएको एकएक शब्द त अदालतले प्रमाणित गरिदियो नि त । पुडासैनीलाई त लामिछानेले मारिहाले पछि आफ्नै गाडीको चालकलाई समेत ‘मारेको’ आरोप उनीमाथि लाग्यो ।
अहिले आफनै क्षेत्रका जनताको पैसा लामिछानेले सहकारी खोलेर हिनामिना गरेको आरोप लागेको छ । हिजो लामिछाने निर्दोष भन्दै सडकमा उत्रिएका चितवनबासीको अब चाहिँ बल्ल उनको असली रुप देख्ने छन् । पत्रकार पुडासैनी रुँदैं लामिछानेको सम्पूर्ण गैरकानूनी कामबारे खुलासा गर्दा चितवनबासीले उनलाई न्याय दिएनन् ।
लामिछानेजस्तो अपराधी व्यक्तिको लागि उल्टो सडकमा उत्रिए । अब त चितवनकै जनताको पैसा लामिछानेले डुबाइदिएका छन् । अनि अझै पनि चितवनबासी लामिछानेकै गुनगान गाएर बस्छन् कि उनको विरोधमा सडकमा उत्रिन्छन् पनि ? मुलुकको राजनीतिक परिवर्तनमा लामिछानेको केही योगदान छैन । त्यतिबेला पनि अमेरिकामा थिए । अहिले पनि उनको अमेरिकामा घर रहेको र धेरै पत्नी रहेको बताइन्छ । घरायसी समस्याका कारण अमेरिका छोडेर उनी २०७१ सालमा एक महिनाको प्रवेशाज्ञा (भिजा) लगाएर नेपाल घुमफिर गर्न आएका थिए ।
एक महिनापछि उनी अमेरिका फर्किएनन् । अमेरिका नफर्किए पनि उनले नेपालको ऐन, कानून मानेनन् । यहाँको संविधान, कानूनलाई धोती लगाइदिएर उनले जनतासँग सिधा कुरा नामक कार्यक्रम चलाउन थाले । सो कार्यक्रममार्फत राजनीतिक दलहरुमाथि हिलो छ्याप्ने काम गरे । लोकतन्त्र, गणतन्त्रको विरोधमा उनी उत्रिए । २०५२ फागुल्न १ गते जनयुद्ध शुरु भयो । जनयुद्धको समयमा उनी न भूमिगत गएका थिए न केही गरे । २०६२÷०६३ को जनआन्दोलनमा पनि उनको केही योगदान रहेन किनकि उनी २०५८ सालमै अमेरिका गइसकेका थिए ।
गत वर्ष लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी खोले । सभापति बने । चुनाव जितेर गृहमन्त्री पनि खाएका थिए । अदालतले उनलाई अनागरिक ठहर गरेपछि उनको सम्पूर्ण पद गुम्यो । गृहमन्त्रीसँगै सांसद् र सभापति पद गुमेपछि उनले उपनिर्वाचनको माग गरे । निर्वाचन आयोगले उनको क्षेत्रमा फेरि पनि चुनाव गरायो । चितवनबासीले फेरि पनि उनलाई नै जिताए । अहिले लामिछाने गृहमन्त्री हुन नपाए पनि सांसद र पार्टीको सभापति भने छन् । सरकारमा जानका लागि उनी कहिले खड्ग प्रसाद शर्मा ओली कहाँ पुग्छन् त कहिले पुष्पकमल दाहाल, शेरबहादुर देउवा कहाँ । यहाँबाट त उनी पनि सत्ताकै लोपी रहेको देखिएको छ ।
जनता र राष्ट्रको लागि नभई लामिछाने आफ्नो स्वार्थको लागि राजनीतिकमा आएको स्पष्ट हुन्छ । हिजो मेनपावरले विदेशमा अलपत्र पारेको नेपालीको उद्धार गरे भनेर चर्चा कमाउने लामिछानेले अहिले आप्mनै क्षेत्रका जनताको रुवाबासी बनाएका छन् । तामझामका साथ लामिछानेद्वारा खोलिएको टेलिभिजनमा चितवनका हजारौं बचतकर्ताको करोडौं रकम डुबेको छ । पत्रकार पुडासैनी त मरे । उनको घरपरिवारको आर्थिक अवस्था कमजोर भएकोले पुडासैनीले न्याय पाएनन् । उनी मरेको मरै भए । अनि उनलाई मर्न बाध्य बनाउने व्यक्ति झन् ठूलो र शक्तिशाली हुन पुग्यो । सञ्चारमाध्यमहरुले पत्रकार पुडासैनीको भिडियो बाहिर ल्याउनुपर्छ ।
उनको न्यायको लागि आवाज उठाउनुपर्छ किनकि पुडासैनी पनि राज्यको चौथों अंग नै हो । पुडासैनीको मुद्दामा त लामिछाने राजनीतिक पहुँच र पैसाको आडमा कारागार जानबाट बचे । अब सहकारीको मुद्दामा त उनी कारागार जानबाट कुनै पनि हालतमा बच्ने छैनन् ।
अहिले आम सर्वसाधारण जनता लामिछानेलाई तत्काल समात्नुपर्ने माग गर्छन् । लामिछानेलाई समातेपछि जी.बी. राईलाई पनि समात्न सजिलो हुने उनीहरुको भनाइ छ । अपराधी ढिलै भए पनि कानूनको दायरामा आउँछ भनेर बुढोपाकाले भन्थे । अहिले यो सत्य साबित हुन लागेको छ ।
हिजो लामिछाने निर्दोष भन्दै सडकमा उत्रिने चितवनबासी अब लामिछानेलाई समात्नुपर्ने भन्दै सडकमा छिटै उत्रिने छन् । पुडासैनीले आत्महत्या गर्नुअघि भनेको कुरा कानून र व्यवहारमा प्रमाणित भएको छ किनकि मर्नुअघि कसैले ढाट्दैंन ।