को बन्ला उपकुलपति ?

Nayabimarsha (Weekly Newspaper from Nepal)

कीर्तिपुर/ त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि खुला रुपमा आवेदन परेको अवस्थामा अहिले दुईजना महिलाको चर्चा चलेको छ । त्रि.वि.को उपकुलपति बन्नका लागि ४३ जनाले आवेदन दिए पनि दुईजना महिला रहेका कारण उनीहरुको चर्चा चलेको हो ।
प्राध्यापक डा. कुसुम शाक्यको चर्चा चुलिएको छ । त्रि.वि.को मानविकी तथा सामाजिकशास्त्र संकायतर्फकी डिन शाक्य उपकुलपति बन्ने सोचका साथ तयारीमा रहेकी छिन् । विश्वविद्यालयमा ३५ वर्षको अनुभव हासिल गरेकी उनी त्रि.वि.को सुधारका लागि आफूजस्तो त्रि.वि.लाई बुझेको मानिसको जरुरी रहेको बताउँछिन् ।
यस्तै उपकुलपति पदका लागि आवेदन दिएकी प्राध्यापक डा. संगीता रायमाझी पनि आफू राजनीतिक दाउपेचभन्दा पृथक ढंगबाट त्रि.वि.लाई चलाइनुपर्ने मान्यताका साथ आवेदन दिएको बताउँछिन् । अमेरिकामा पढाएको तथा बंगलादेशको अमेरिकी अन्तर्राष्ट्रिय विश्वविद्यालयमा पनि सहकुलपति भएर चार वर्ष काम गरेको अनुभव रहेकी रायमाझी आफूले नेतृत्व पाए त्रि.वि.मा धेरै नै सुधार गरेर अघि बढ्ने बताउँछिन् ।
उनीहरु बाहेक ४१ जना पुरुषहरुले उपकुलपतिका लागि आवेदन दिएका छन् । यसरी आवेदन दिनेहरुमा ाजकुमार पोखरेल, शिवलाल भुसाल, गुणनिधि न्यौपाने, टंकनाथ धमला, सञ्जय आचार्य, ज्ञानेन्द्रप्रसाद पौड्याल, लेखनाथ शर्मा, विनयकुमार झा, शुभनारायण पाठक, महानन्द चालिसे रहेका छन् । यस्तै, आनन्दवल्लभ जोशी, अक्कलदेव मिश्र, ऋदिशकुमार पोखरेल, नारायणप्रसाद बेल्वासे, चन्द्रमणि पौडेल, सूर्यबहादुर थापा, वेदनाथ शर्मा, हेमराज पन्त बालमुकुन्द जोशी, रामप्रसाद रेग्मी, चित्रबहादुर बुढाथोकीले आवेदन दिएका छन् । यसगरी इन्द्रबहादुर कार्की, त्रिरत्न बज्रचार्य, प्रमोदकुमार झा, नन्दबहादुर सिंह, प्रकाश घिमिरे, भोजराज अर्याल, भीमसेन देवकोटा, प्रकाश घिमिरे, रामचन्द्र बस्नेत, एकराज ओझा, तीर्थराज खनियाँ, केदारनाथ घिमिरे, महेन्द्रप्रसाद शर्मा, विनोद पराजुली, देवबहादुर खड्का, कृष्णराज तिवारी, केशरजंग बराल, गोविन्द सुवेदी र नवराज देवकोटाले पनि उपकुलपतिका लागि आवेदन दिएका छन् ।
उनीहरुको आवेदनसँगै राजनीतिक भागबण्डामा कसले पाउने भनी चर्चा बढी मात्रामा चलेको छ । शिक्षा मन्त्रालय जनता समाजवादी पार्टीको भागमा रहेका कारण सोही दल निकटका व्यक्तिले उपकुलपति पाउने चर्चा जति चलेको छ त्यति नै नेपाली कांग्रेस वा नेकपा (माओवादी केन्द्र) को भागमा पर्ने चर्चा पनि चलेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *