बझाङ र इलाममा चुनावको राप

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर/ इलाम जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं.२ तथा बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं.१ को प्रदेशसभा निर्वाचन क्षेत्र नं. (क) मा उपनिर्वाचन हुने भएकाले ती जिल्लामा चुनावको राप बढेको छ ।
आगामी बैशाख १५ गते हुने उपनिर्वाचनका लागि आयोगले निर्वाचन कार्यतालिका स्वीकृत गरी सार्वजनिक गरेको छ । यस क्रममा २०८० फागुन १६ गतेदेखि मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरी २०८० चैत्र २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ । सो उपनिर्वाचनमा भाग लिन चाहने राजनीतिक दल दर्ता गर्नको लागि मिति २०८० फागुन २४ गतेदेखि ३० गतेसम्मको म्याद दिई सूचना प्रकाशन गरिनेछ ।
२०८० चैत्र २२ गते मुख्य निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी मिति चैत्र २४ गतेदेखि २७ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ । निर्वाचन कार्यक्रम अनुसार चैत्र २४ गते उम्मेदवारको मनोनयन दर्ता र चैत्र २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह वितरण गरिनेछ । चैत्र २८ गतेदेखि २०८१ बैशाख १२ गतेसम्म प्रचारप्रसारको अवधि रहनेछ । २०८१ बैशाख १५ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुने भनी आयोगले कार्य तालिका प्रस्तुत गरेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *