आचार्यलाई अख्तियारको पुरस्कार

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग नाम जोडिएर कसैको नाम आएमा सातो पुत्लो जाने अवस्थामा सुदर्शन आचार्य भने नाम जोेडिएकोमा पुलकित भएका छन् । आचार्य पुलकित हुनुमा उनी आयोगबाट डामिएर नभई पुरस्कृत भएकाले हो । स्तम्भकार तथा राजनीतिक विश्लेषक सुदर्शन आचार्यलाई सुशासनको पक्षमा कलम चलाएबापत उनलाई आयोगले पुरस्कृत गरेको हो ।
भ्रष्टाचारसम्बन्धी खोज तथा अनुसन्धानमूलक लेख र रचना प्रकाशन गरी भ्रष्टाचार न्यूनीकरणमा योगदान पु¥याएबापत उनलाई २० हजार नगदसहित प्रमाणपत्रबाट पुरस्कृत गरिएको हो । पत्रकार आचार्यले नेपाल प्रेसमा राजनीतिक तथा सुशासनको विषयमा स्तम्भ लेख्ने गर्छन् । सो पुरस्कारबाट आचार्यलाई पुरस्कृत गरिए पनि उनी अहिले अष्ट्रेलियामा रहेकाले उनले उक्त पुरस्कार काठमाडौं आएर ग्रहण गर्ने ‘नयाँ विमर्श’ लाई बताए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *