युट्यूबर मनोज कारागार चलान

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ विवादास्पद समाचारहरु प्रकाशन गरी कुख्याति कमाएका युट्यूबर मनोज मानवलाई कारागार चलान गरिएको छ । सामाजिक अभियन्ता भन्ने तारा बरालको जाहेरीपछि नेपाल प्रहरीको साइबर ब्यूरोले उनलाई पक्राउ गरेको थियो ।
काठमाडौं जिल्ला अदालतले मनोजलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । उनलाई साइबर अपराध सम्बन्धी मुद्दामा दोस्रोपटक पक्राउ गरिएको बताइएको छ । अघिल्लो मुद्दामा उनी धरौटीमा छुटेका थिए ।
यसैबीच आफूलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइवा पक्राउ परेकी छिन् । कुटपिट तथा अङ्गभङ्ग मुद्दामा सिन्धुपाल्चोक प्रहरीले बुधवार उनलाई बाह्रबीसेबाट पक्राउ गरेको बताइएको छ । काठमाडौं प्रहरीले त्यहाँको प्रहरीसँग समन्वय गरेर उनलाई नियन्त्रणमा लिएको जनाइएको छ ।
शर्मिला वाइवा, म्याकुरी नामले परिचित कलाकार पवनकी पत्नी सुम्निमा खालिङ र बहिनी गंगा पवन बसेको घरभित्र गएर पवनमाथि हातपात गरेको आरोप लागेको थियो । अनुहारमा चोटैचोट लिएर पवनले पत्रकार सम्मेलन गरेका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *