प्रेस युनियनको सल्लाहकार चयन

Nayabimarsha (Weekly Newspaper from Nepal)

विराटनगर/ नेपाल प्रेस युनियन कोशी प्रदेश समितिले कोशी प्रदेशका लागि प्रदेश सल्लाहकार समिति गठन गरेको छ । उक्त समितिले परामर्श समिति पनि गठन गरेको जानकारी गराएको छ ।
प्रदेश समितिले ११ जना रहेको प्रदेश सल्लाहकार समिति र ५१ सदस्यीय परामर्श समिति गठन गरेको जनाएको छ । प्रदेश समितिका अध्यक्ष मीनकुमार नवोदितले प्रेस विज्ञप्ति जारी गर्दै युनियनको विधान २०४८ (छैटौँ संशोधन २०७९) को दफा २८ को उपदफा २ (ज) बमोजिम सल्लाहकारहरु चयन गरिएको जानकारी गराएका छन् ।
यसरी चयन गरिएका सल्लाहकारहरुमा गिरिराज आचार्य (सुनसरी), सोम सुसेली (इलाम), शंकर खरेल (विराटनगर), शेखर रेग्मी (विराटनगर), सचिन पोख्रेल (सुनसरी) रहेका छन् । यसैगरी भीम नेम्वाङ (झापा), उद्वव तिमसिना (तेह्रथुम), नवीनबाबु राई (उदयपुर), चेतन धमाला (सुनसरी), लीलाबल्लभ घिमिरे (विराटनगर) र हिमा चेम्जोङ (धनकुटा) रहेको सल्लाकार समिति गठन गरिएको जनाइएको छ ।
यसैगरी, युनियन कोशी प्रदेश समितिको परामर्श समितिमा ५१ जनालाई मनोनयन गरेको छ । परामर्श समितिमा अनन्तराज न्यौपाने, अमर खड्का, अरविन्द मेहता, आनन्द गौतम, इन्द्र गिरी, इन्दु पूर्वेली, कृष्ण अधिकारी, कृष्ण आचार्य, कृष्ण भट्टराई जुनेली रहेका छन् । यस्तै, कुमोद अधिकारी, केदार रिजाल, केदार थापा, कौशल निरौला, खगेन्द्र घिमिरे, गणेश निरौला, गुरु ढकाल, गोविन्द घिमिरे, ताविल अन्सारी, तोयानाथ काफ्ले, दुर्गाप्रसाद खतिवडा, देवराज सुवेदी, नगेन्द्र राई, नरेश ढुंगाना र पवन अधिकारी रहेका छन् ।
यस्तै, विक्रम निरौला, विजयशेखर भट्टराई, विनोद भण्डारी, विपेन्द्र गौतम, विवेक मिश्र, भक्तिविलास पोखरेल, भीषण राई, माला पालुङ्वा, महाजीत राई, मेनुका पाण्डे, मोहन वान्तवा राई, मो. सदरुल, मो. इकवाल, रश्मि शेखर सुवेदी, राजेश्वर श्रेष्ठ, राजेन्द्र गौतम, लक्ष्मी लुइँटेल, लक्ष्मी भण्डारी, सन्तोष यादव, सुविद गुरागाईं, सुरेन्द्र भण्डारी, सुमन गुरागाईं, सुशीला पाठक, सुरेशचन्द्र दाहाल, शङ्कर लुइटेल, श्याम राई र हेमराज दाहाल रहेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *