इलाममा मन्त्रीहरुको ताँती

Nayabimarsha (Weekly Newspaper from Nepal)

इलाम/ यही बैशाख १५ गते इलाममा हुने भनिएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको दौरान यहाँ मन्त्रीहरुको ताँती लाग्ने गरेको छ । संघदेखि प्रदेशसम्मका मन्त्रीहरुको दैनिकजसो ताँती लाग्ने गरेका कारण प्रहरी–प्रशासनलाई भने सुरक्षाको व्यवस्था मिलाउन हम्मे हम्मे पर्ने गरेको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीको सुरक्षा व्यवस्थामा ध्यान दिइरहेको प्रहरी प्रशासनको लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिक्षामन्त्री बनेकी सुमना श्रेष्ठ पनि मंगलबार नै इलाम पुगेकी थिइन् । यसैगरी गृहमन्त्री रवि लामिछाने र अर्का मन्त्री डोलप्रसाद अर्याल पनि इलाम पुग्ने तयारीमा रहेका प्रहरी प्रशासन सूत्रले जानकारी गराएको छ ।
यसैगरी मंगलबार नै पूर्वपरराष्ट्रमन्त्री नारायणप्रसाद (एन.पी.) साउद पनि इलाम पुगेका छन् । नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काका लागि मत माग्न उनी इलाम पुगेका हुन् । यस्तै, नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली पनि सोही दिन नै इलाम पुगेका हुन् ।
उता, रास्वपाका सांसद तोसिमा कार्की, राप्रपाका उम्मेदवार लक्ष्मी गुरुङका लागि मत माग्न राप्रपाका सांसद ज्ञानेन्द्र शाही पनि इलाम पुगेका छन् ।
यसैगरी इलाममा अन्य दलका नेताहरु पनि पुगिरहेका छन् । कोशी प्रदेशका स्थानीय निकायका प्रमुखहरु पनि इलाममा पुग्ने क्रम जारी रहेको बताइएको छ ।
यसैगरी कांग्रेसका महामन्त्रीहरु गगनकुमार थापा र विश्वप्रकाश शर्माले बैशाख ८ गते चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *