अर्थमन्त्री पुनले गरे आफ्नै हात जगन्नाथ

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ अर्थमन्त्री वर्षमान पुनले २०८१/०८२ का लागि प्रस्तुत गरेको बजेट भाषणमा आफ्नै हात जगन्नाथ गरेका छन् । बजेट भाषणलाई क्रान्तिकारी भनिए पनि मध्यमार्गी र कार्यान्वयनमा चुनौती रहेको अर्थविद्हरुले बताएका छन् ।
राजश्वबाट १२ खर्ब उठाउने लक्ष्य लिएका अर्थ मन्त्रीको सोच पूरा नहुने तथा वैदेशिक सहायता पनि भने जति नआउने उनीहरुको तर्क छ । अर्थमन्त्री पुनले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि सबैभन्दा धेरै बजेट अर्थमन्त्रालयका लागि विनियोजन गरेका छन् । आगामी आ.व.का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपियाँको बजेट ल्याएका अर्थमन्त्री पुनले कूल बजेटको ११.९८ प्रतिशत अर्थात दुई खर्ब २२ अर्ब ८६ करोड रुपियाँ अर्थ मन्त्रालयअन्तर्गत विनियोजन गरेका छन् । उता, कर्णालीलाई बजेटमा उपेक्षा गरेका छन् ।
अर्थमन्त्रालयपछि दोश्रो स्थानमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय १०.९५ प्रतिशत अर्थात् दुई खर्ब तीन अर्ब, तेश्रो स्थानमा गृहमन्त्रालयले १०.७१ प्रतिशत अर्थात एक खर्ब ९९ अर्ब २४ करोड बजेट पाएको छ ।
यसैगरी विकासे मन्त्रालयतर्फ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एक खर्ब ५० अर्ब ५३ करोड अर्थात ८.०९ प्रतिशत र शहरी विकास मन्त्रालयले ९२ अर्ब ६३ करोड र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ८६ अर्ब २३ करोड बजेट पाएको छ ।
यसैगरी रक्षा मन्त्रालयले ५९ अर्ब ८७ करोड, खानेपानी मन्त्रालय २६ अर्ब ६३ करोड, कृषि तथा पशुपन्छी ५७ अर्ब २९ करोड र वन तथा वातावरण मन्त्रालयले १५ अर्ब ७० करोड बजेट प्राप्त गरेका छन् ।
यी बाहेक अन्य मन्त्रालयहरुलाई बजेटमा बजेटमा उपेक्षा गरिएको चर्चा चलेको छ । बजेटले किसानका समस्यालाई सम्बोधन गर्न नसकेको, मुल्यबृद्धि घटाउनेतर्फ कुनै ठोस कदम नचालेको र श्रमजिवी वर्गका लागि बजेट हर्ष न विष्मात बनेको जानकारहरुले बताएका छन् । बेरोजगारी समस्याले गाउँ घर रित्तिदै गएको र गाउँमा बाँदर आतंक मच्चिएको अवस्थामा गाउँका युवाहरुलाई विदेश पलायन हुनबाट समेत रोक्न नसकेको यो बजेटले जनतामा उत्साह नभै निराशा बढाएको र हुनेखानेलाई भन्दा हुँदा खानेलाई चिन्तित बनाएको सरोकारवालाहरुले बताएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *