काठमाडौं एमालेमा निरौला

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ नेपाल कम्युनिष्ट पार्टी (एमाले) को काठमाडौं जिल्ला अध्यक्षमा दीपक निरौला फेरि पनि निर्वाचित भएक छन् । उनले तीन सय ७० मत पाएर निर्वाचित भएका हुन् । उनले निर्मल देउलालाई पराजित गरेका हुन् ।
एक सय ९१ मत प्राप्त गरेको देउलाले फराकिलो हार व्यहोरेका हुन् । यसैगरी जिल्ला उपाध्यक्षमा विश्वराम सापकोटा, सचिवमा राजेश शाक्य र उपसचिव (खुला) मा उद्धव भण्डारी निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ । यस्तै, महिला उपसचिवमा विन्दु महर्जन सर्वसम्मत निर्वाचित भइन् ।
यही जेठ २६ गतेदेखि जारी महाधिवेशनमा दुई सय २५ पदमध्ये एक सय ३० पदमा निर्विरोध चयन गरिएको थियो । त्यसैले ९५ पदका लागि मात्र निर्वाचन भएको समितिले जनाएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *