अर्थमा सहसचिवको जिम्मेवारी हेरफेर

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ अर्थ मन्त्रालयमा बजेट तथा कार्यक्रम महाशाखा प्रमुख रहेका सहसचिव रितेशकुमार शाक्य स्टिकर छपाइ काण्डको भ्रष्टाचारमा मुद्दा चलेपछि स्वतः निलम्बनमा परेका छन् ।
अर्थ मन्त्रालयले उनको ठाउँमा नरेन्द्र रानालाई पठाएको छ । यसैगरी दुई हप्ता अगाडि मात्र मन्त्रालयको प्रशासन प्रमुख बनाइएका नारायण सापकोटालाई महालेखा नियन्त्रककको कार्यालयमा सरुवा गरी उनको ठाउँमा रामप्रसाद आचार्यलाई सरुवा गरेको छ । सरुवा हुनेमा सुशीला अर्याल महालेखा नियन्त्रक कार्यालय र रामकुमार महतो भन्सार विभागको उपमहानिर्देशक रहेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *