लोसपामा संविधानबारे स्पष्ट हुन माग

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ/ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा संविधान संशोधनका लागि पार्टीको प्रस्ट दृष्टिकोण बनाउन माग गरेका छन् ।
बुधबारदेखि शुरु भएको बैठकमा नेताहरूले संविधान संशोधनको विषयमा आफ्नो दल स्पष्ट रुपमा आउनुपर्ने भनी आफ्नो राय दिएको बताइएको छ । मुलुकमा विद्यमान समस्या सम्बोधनका लागि समयसापेक्ष संविधान संशोधन हुनुपर्ने र त्यसका लागि कानूनविद्हरुको सहभागितामा एउटा कार्यदल गठन गर्नु उचित हुने भनी सहभागीहरुले सुझाव दिएको पनि समाचार स्रोतले जानकारी दिएको छ ।
प्रवक्ता सुभाष लाभले संविधान संशोधनका साथै पार्टीको सङ्गठन सुदृढीकरण र महाधिवेशनको मिति टुङ्गो लगाउने विषयमा पनि सहभागीहरुबाट धारणा आएको जानकारी दिएका छन् । पार्टीको आर्थिक नियमावली संशोधन, राजनीतिक, आर्थिक, सामाजिक विषयमा थप कार्यक्रम तथा योजना बनाउने विषयमा पनि छलफल भएको बताइएको छ ।
छलफलमा उठेका विषयहरुमा नेतृत्वले विहीबारदेखि जवाफ दिन थाल्ने पनि बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *