बार अध्यक्ष घिमिरेमाथि के होला ?

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ न्यायाधीश नियुक्तिबारे नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले दिएको अभिव्यक्तिका कारण उनी विवादमा परेका छन् । उनको विरुद्ध सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दा दायर गरेको छ । उक्त मुद्दाको सुनुवाइ भने दशैंपछि मात्रै हुने भएको छ ।
बार अध्यक्ष घिमिरेले पनि आफूले प्रधानन्यायाधीश विरुद्ध नभई न्यायपरिषदका अध्यक्षको कार्यशैलीको विरोधमा अभिव्यक्ति दिएको प्रतिक्रिया दिएका छन् । यो घटनाले अनौपचारिक समझदारी दुवै पक्षका बीचमा भएको चर्चा चलेको छ । उनीहरु एक एक कदम पछाडि हटेर असमझदारी घटाउने पक्षमा देखिएको कानून व्यवसायीहरुका बीचमा चर्चा चलेको छ । त्यतिबेलासम्म प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले अवकाश पाउनेछन् ।
सर्वोच्च प्रशासनले कात्तिकको पहिलो दिन उक्त मुद्दाको तारेख तोकेको हो । त्यो दिन उक्त प्रतिवेदनको सुनुवाइका लागि पेशी तोकेको नभई मुद्दाको तारेख मात्रै तोकेकाले इजलासमा प्रतिवेदन पेश हुने वा नहुने कुनै निश्चित नभएको बताइएको छ ।
अघिल्लो शुक्रबार बार अध्यक्ष घिमिरेले प्रधानन्यायाधीशले अवकाशको बेलामा लेनदेनबाट न्यायाधीश नियुक्त गरेको आरोप सहितको अभिव्यक्ति दिएका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *