बालबालिकालाई इन्टरनेटबाट कसरी सुरक्षित राख्ने ?

Nayabimarsha (Weekly Newspaper from Nepal)
सुरेश पौडेल

जतिबेला देशमा कोरोना भाइरस (कोभिड १९) कारण लकडाउन भयो, त्यो समयमा ४ जना बालबालिकामध्ये एक जनाले दिनको १० घण्टाभन्दा बढी इन्टरनेट चलाउने गरेका थिए । बालबालिकाका लागि डिजिटल सेफ्टीमा काम गर्ने संस्था चाइल्डसेफ्टनेटले गरेको एक अध्ययनले यो सार्वजनिक गरेको हो ।
त्यसपछि भने इन्टरनेट चलाउन केही कम भए पनि पछिल्लो समय धेरै बालबालिकाहरूले इन्टरनेट चलाउने गरेका छन् । हुन त अहिलेको समय डिजिटल भएको हुनाले इन्टरनेट बालबालिकादेखि वृद्धवृद्धासम्मले चलाउँछन् । पछिल्लो समय धेरै मानिसहरूमा साइबर सुरक्षाबारे पर्याप्त चेतना र सावधानीको कमीले गर्दा अनलाइन ठगीको सिकार पनि हुनु परेको छ ।
अरुभन्दा बालबालिकाहरूमा साइबर सुरक्षाबारे पर्याप्त चेतना र सावधानको कमीले गर्दा उनीहरु अनलाइन यौनदुव्र्यवहार र यौनशोषणको जोखिममा पर्ने गरेका छन् ।
बालबालिकाहरूले अनलाइन कक्षाका साथै मनोरञ्जन गर्न, गेम खेल्न, साथीभाइ र आफन्तसँग कुरा गर्न पनि इन्टरनेट चलाउने गर्दछन् । बालबालिकाहरू धेरैबेरसम्म अनलाइनमा रहँदा यौनशोषण गर्नेहरूको निशानामा पर्ने जोखिम बढी हुन्छ । त्यसैले इन्टरनेटको सुरक्षित प्रयोग गर्न आवश्यक हुन्छ ।
चाइल्डसेफ्टनेटले गरेको एक अध्ययनअनुसार संयुक्त राज्य अमेरिकामा रहेको संस्था हराएका र शोषित बालबालिकाका लागि राष्ट्रिय केन्द्रमा सन् २०२० मा नेपालबाट १ लाख ७८ हजार ३७१ वटा बाल यौनशोषण चित्रणसम्बन्धी रिपोर्ट परेका थिए । नेपाल प्रहरीको साइबर ब्युरोले पनि प्रत्येक वर्ष निवेदन दिने बालबालिकाहरुको सङ्ख्या बढिरहेको जनाएको छ । जसअनुसार आर्थिक वर्ष २०७५÷७६ मा १०, ७६÷७७ मा १०४, ७७÷७८ मा २०८, ७८÷७९ मा १८३, ७९÷८० मा १७६ , ८०÷८१ मा ७३५ र ८१÷८२ मा २२३ जनाले निवेदन दिएका छन् ।
साइबर ब्युरोको केन्द्रीय कार्यालयमा उजुरी दर्ता उपत्यकाका बालबालिकाहरूले गर्छन् तर उपत्यका बाहिर पनि इन्टरनेटबाट बालबालिकाहरू पीडित हुने गर्छन् त्यसको तथ्याङ्क भने पाउन मुस्किल छ । ब्युरोका प्रवक्ता तथा सूचना अधिकारी एस.पी. दीपकराज अवस्थीले बालबालिकालाई इन्टरनेटबाट सुरक्षित राख्नका लागि सबैको सहकार्य हुन आवश्यक रहेको धारणा राखेका छन् । उनले ‘बालबालिकाले सबैभन्दा बढी समय बिताउने भनेको विद्यालय र घरमा हो । उनीहरुले इन्टरनेटमा के हेर्दै छन, कसरी चलाउँछन् । यसबारे पाठ्यक्रममा पनि हुन प¥यो । हुन त यसका लागि सरकारले गर्नुपर्छ होला। त्यसैगरी विद्यालयहरूले पनि समय समयमा यसबारे कार्यक्रमहरु गर्न प¥यो । हामीले पनि समुदाय प्रहरी साझेदारी कार्यक्रममार्फत इन्टरनेट यसरी चलाउनु, यसरी सुरक्षित रहन सकिन्छ भनेर भनेका छौँ । हामीले गर्ने भनेको सामुदायिक विद्यालयमा हो । निजी विद्यालयले पनि यसबारे सोच्नुपर्छ ।’
चाइल्डसेफ्टनेटका संस्थापक तथा अध्यक्ष अनिल रघुवंशीले पनि विद्यालय, अभिभावक र सरकारले बालबालिकाहरूलाई इन्टरनेटबाट सुरक्षित रहने तरिका नसिकाएर उल्टै निषेध लगाउने गरेको आरोप लगाएका छन् । उनले भने, ‘स्कुलमा मोबाइल लान नदिने, गेम खेल्न नदिने, यो नगर्ने त्यो नगर्ने भन्ने तर बालकालिका र युवाहरूलाई सुरक्षित तरिकाले इन्टरनेट चलाउन नसिकाउने ।’
सरकारले ट्राफिक व्यवस्थापनका लागि लाइसेन्स लगायतका व्यवस्था गरेजस्तै इन्टरनेट सुरक्षित बनाउनका लागि केही नीति बनाउन पर्ने उनको सुझाव छ । अहिले साइबरसम्बन्धी मुद्दाहरू साइबर ब्युरोले मात्र नभई सबै जिल्ला प्रहरी कार्यालयहरूले हेर्ने गरेको अवस्थीले बताए । उनका अनुसार बालबालिका इन्टरनेटबाट पीडित भए साइबर कसुरमात्र नभई बालबालिका सम्बन्धी ऐन २०७५ अनुसार अनुसार अनुसन्धान अगाडि बढ्ने गर्छ । यस मुद्दामा अलदालतले पीडकलाई धरौटीमा नछाडी पुर्पक्षमा पठाउने गर्दछ ।
यौन दुव्र्यवहार र शोषणमा पर्ने कारणहरु
साइबर ग्रुमिङ ः बालबालिकालाई यौन दुव्र्यवहार र शोषणका लागि अनलाइनमा साथी बनेर फकाउने, लोभ देखाउने कार्य ।
बाल यौन दुव्र्यवहार र शोषण सामग्रीहरू ः अवैध व्यवसायका लागि समेत प्रयोग हुनसक्ने बालबालिकाका यौनजन्य तस्वीर, भिडियो तथा लेखाई ।
अनलाइन यौन बदला ः बदलाका लागि प्रेमी÷पूर्वप्रेमीद्वारा यौनजन्य तस्वीर वा भिडियो बनाएर वा अरुलाई पठाउने कार्य ।
बाल यौन दुव्र्यवहार र शोषणको प्रत्यक्ष प्रशारण ः वेबक्यामको अगाडि बालबालिकालाई यौनजन्य क्रियाकलाप गराई प्रत्यक्ष प्रसारण गराउने कार्य ।
सेक्सटोर्शन ः यौनजन्य वा नग्न अर्धनग्न तस्वीर वा भिडियो प्रयोग गरी यौन, पैसा वा अन्य असूली ब्ल्याकमेलिङ्ग गर्ने कार्य ।
सेक्सटिङ्ग ः फोन वा मेसेजद्वारा पठाइने यौनजन्य तस्वीर, भिडियो, लेखाइ, जुन यौन शोषणका लागि प्रयोग गरिन सक्दछ ।
इन्टरनेटमा सुरक्षित रहन के गर्ने ?
१. साना र ठूला अक्षरका साथै अङ्ग र चिन्हसमेत राखेर कम्तीमा आठ अक्षरको पासवर्ड बनाउने,
२. कसैले अनलाइनमा नग्न÷अर्धनग्न तस्वीर÷भिडियो वा अश्लील मेसेज पठाएमा वा देखाउन÷पठाउन भनेमा आमाबुबा वा विश्वासिलो साथीलाई भन्ने ।
३. अनलाइनमा यौन दुव्र्यवहार र यौनशोषण गर्न खोज्नेलाई ब्लक गर्ने र रिपोर्ट गर्ने ।
के नगर्ने ?
१. पासवर्ड कसैलाई पनि नदिने, मिल्ने साथीलाई पनि नदिने ।
२. आफूलाई नराम्रो र अप्ठ्यारो पार्नसक्ने तस्वीर र भिडियो फोन, कम्प्यूटर र सामाजिक सञ्जालमा नराख्ने, अरुलाई पनि नपठाउने ।
३. एक्लै भेट्न बोलाएमा नजाने । राम्ररी नचिनेका मानिससँग अनलाइनमा साथी नबन्ने । (देशसञ्चारबाट साभार)

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *