वैद्य महासचिवमा चयन

Nayabimarsha (Weekly Newspaper from Nepal)

काटमाडौँ/ क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले मोहन वैद्य (किरण) लाई महासचिव चयन गरेको छ । यही मंसिर १३ देखि २३ गतेसम्म यहाँ भएको महाधिवेशनले वैद्यलाई सर्वसम्मत रुपमा चयन गरेको हो ।
पार्टीले महाधिवेशनबाट संगठनात्मक दृष्टिकोणले महासचिवीय प्रणालीमा जाने निर्णय गरेको मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिइयो । पूर्ण केन्द्रीय समिति ११७ जनाको, वैकल्पिक केन्द्रीय सदस्य ९५ जनाको राख्ने गरी केन्द्रीय परिषद् समेत बनाउने निर्णय गरेको जानकारी सो अवसरमा दिइएको छ ।
राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्याहरुलाई सो पार्टीले उठाउने निर्णय पनि गरेको जानकारी गराइएको छ । स्वतन्त्र पहल र कार्यगत एकता एवं संयुक्त मोर्चा गरी संघर्षका कामलाई अगाडि बढाउँदै लैजाने निर्णय पनि गरिएको जानकारी दिइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *