विराटनगर/ नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजयकुमार गच्छदारले पार्टीको नेतृत्वका लागि सकेसम्म सहमतिमा छनौट गरिनुपर्ने धारणा राखेका छन् । उनले सहमति हुन नसके लोकतान्त्रिक विधि अर्थात पद्दति अपनाएर छनौट गरिनुपर्ने बताए ।
कांग्रेस मोरङद्वारा मेलमिलाप दिवसको अवसर पारेर आयोजित ‘नेपाली कांग्रेस राष्ट्रिय एकता तथा मेल मिलाप दिवस एवं नेपाली कांग्रेस १०० दिने विशेष अभियान’ समापन समारोहलाई सम्बोधन गर्दै गच्छदारले त्यस्तो धारणा राखेका हुन् । उनले कांग्रेसलाई बलियो बनाउन कार्यकर्ता गुटउपगुटमा बाँडिन नहुने कुरामा जोड दिए । लोकतन्त्रको सुदृढीकरण तथा संस्थागत विकास गर्न कांग्रेस बलियो हुनुपर्ने धारणा राख्दै उनले भने, ‘कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीचको गठबन्धनले निरन्तरता पाउनुपर्छ ।’ नेता गच्छदारले मुलुकमा राजनीतिक स्थिरता कायम गरी समृद्धि हासिल गर्न गठबन्धन अपरिहार्य छ भन्दै बी.पी.कोइरालाले अपनाएको राष्ट्रिय एकता र मेल मिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताए ।
युगद्रष्टा बी.पी. कोइरालाले आजभन्दा ४८ वर्षअघि लिएको सो नीतिकै आधारमा कांग्रेस र नेकपा (एमाले) ले मिलेर ठूलठूला आन्दोलनलाई सफल पारेको इतिहास स्मरण नेता गच्छदारले गरे ।
बी.पी.लाई सम्झिँदै गच्छदार
Facebook Comments Box