महर अब कानूनी फन्दामा

Nayabimarsha (Weekly Newspaper from Nepal)

ललितपुर/ नेकपा (एमाले) का नेता ऐेन महरविरुद्धको करणी मुद्दा अघि बढ्ने भएको छ । जबरजस्ती करणी मुद्दामा अनुसन्धान अघि बढाउन उच्च अदालत पाटनले परमादेश दिएपछि यो मुद्दा फेरि अघि बढ्ने भएको हो ।
एक महिलाले आफूमाथि महरले यौनशोषण गरेको दाबीसहित प्रहरी कार्यालयमा जाहेरी दिए पनि दर्ता नगरेको र सरकारी वकील समक्ष जाँदासमेत जाहेरी दर्ता नभएपछि अनुसन्धानको माग गर्दै रिट निवेदन दायर गरेकी बताइएको छ । पीडित भनिएकी महिलाले जिल्ला प्रहरी परिसर काठमाडौँ, जिल्ला सरकारी वकील कार्यालय काठमाडौँलाई समेत विपक्षी बनाएकी थिइन् ।
विभिन्न समयमा दायर भएका तीनवटा रिटमध्ये बुधबार उच्च अदालत पाटनले एक रिटमा आदेश जारी गर्दै जाहेरी लिएर अनुसन्धान अघि बढाउन भनी परमादेश जारी गरेको हो । न्यायाधीशद्वय ब्रजेशकुमार प्याकुरेल र कृष्णराम कोइरालाको इजलासले जाहेरी लिएर अनुसन्धान अघि बढाउन प्रहरी र सरकारी वकीललाई परमादेश जारी गरे पनि अन्य दुईवटा रिट भने खारेज भएका छन् ।
अदालतको आदेशपछि अब प्रहरीले महरविरुद्ध उजुरी लिन र अनुसन्धान गर्न बाध्य हुने भएको बताइएको छ । अखिलका पूर्वअध्यक्ष महरलाई पार्टीले पनि यही आरोपमा निलम्बन गरेको अवस्था छ ।
आफूमाथि पटकपटक यौन शोषण भएको तर प्रतिवादीले कुनै जिम्मेवारी नलिई निरन्तर प्रताडित गर्दै आएको भन्दै उजुरी लिएर पीडित महिला एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओली र अन्य सम्बन्धित निकायमा धाएकी थिइन् । कतैबाट सुनुवाइ नभएपछि उनी माइतीघर मण्डलामा धर्नासमेत बसेकी थिइन् ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *