काँग्रेसमा गृह र स्वास्थ्यमन्त्री महामन्त्रीका आकांक्षी

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ नेपाली काँग्रेसका नेताहरु सत्ता राजनीतिमा बढी व्यस्त भएपछि पार्टीको आगामी २०८२ मंसिरमा हुने भनिएको महाधिवेशन ओझेलमा परेको छ । क्रियाशील सदस्यता नवीकरणको म्याद २०८१ चैत मसान्तसम्म गर्ने भनिए पनि त्यस्ले गती लिन सकेको छैन ।
महाधिवेशनको डेडलाइन कहिले ? भन्ने बारेमा पार्टी नेतृत्वले मुख खोलेको छैन । यथास्थितिमा निर्धारित मितिमा १५औं महाधिवेशन नहुने स्पष्ट छ । क्रियाशील सदस्यता नवीकरणमा सधैं विवाद हुने र लामो समयसम्म निरुपण नहुने काँग्रेसको पुरानै रोग हो । काँग्रेसको १२औं, १३औं र १४औं महाधिवेशन नेताहरुको गुटका कारण विवाद बढ्दै आइरहेको छ । १५औं महाधिवेशनमा पनि त्यस्को बाछिटा निश्चित रुपमा पर्ने जानकारहरुले बताएका छन् । काँग्रेसमा सभापति र महामन्त्री पद शक्तिशाली मानिन्छन् भने उपसभापति र सहमहामन्त्री पदको खासै महत्व छैन । काँग्रेसको महाधिवेशनको तिथिमिति नजिकिँदै गर्दा महामन्त्रीका आकांक्षीहरुले सकृयता र दौडधूप बढाउन थालेका छन् ।
वर्तमान सरकारका शक्तिशाली गृहमन्त्री रमेश लेखक र स्वास्थ्य मन्त्री प्रदीप पौडेल अग्रपंक्तिमा रहेको काँग्रेस श्रोतले बताएको छ । त्यसबाहेक एन.पी. साउद, महेन्द्र यादव, गुरुराज घिमिरे र महालक्ष्मी उपाध्याय ‘डीना’ को पनि नाम चर्चामा छ । उनीहरु लेखक र पौडेल जत्तिको सशक्त एवं दमदार मानिदैनन् । अन्य नेताहरुले पनि महामन्त्रीको तयारी गरिरहेको तर नाम सार्वजनिक नगरेको समाचार श्रोतले बताएको छ ।
१४औं महाधिवेशनका महामन्त्रीद्वय गगन थापा पार्टी सभापतिमा र विश्वप्रकाश शर्मा उपसभापति बन्ने चर्चा चलेको छ । थापा र शर्मा जत्तिकै नभए पनि आकांक्षीहरुमध्येमा लेखक र पौडेल राम्रै नेताभित्र पर्दछन् । लेखक र डा. आरजु राणालाई सभापति देउवाले सुदूरपश्चिमबाट काँग्रेस नेतृत्वमा ल्याई स्थापित गर्न चाहेको राजनीतिक वृत्तमा चर्चा चलेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *