काठमाडौं/ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल यतिबेला सत्ताबाट बाहिरिएपछि मुर्छिन बनेका छन् । आफूले सरकारको नेतृत्व गर्दा शान्ति, सम्बृद्धि र सुशासन कायम गरी मुलुकलाई कायापलट गरेको र जनताको पक्षमा काम गरी चमत्कार गरेको बताउँदै आएका छन् ।
वर्तमान नेपाली काँग्रेस– नेकपा (एमाले) नेतृत्वको गठबन्धन सरकारले देशलाई तहस नहस पारी राजनीतिक स्थायित्वको नाममा देशको ढुकुटी रित्याउने र खुलेआम भ्रष्टाचार गर्ने गरेको आरोप उनले लगाएका छन् । प्रधानमन्त्री ओलीसँग चिढिएका अध्यक्ष दाहालले आजकाल दिनहुँजसो वर्तमान सरकारको आयु धेरै नभएको र सरकार आफैं ढल्ने ठोकुवा गरेका छन् ।
अध्यक्ष दाहालले सिन्धुपाल्चोकको सुकुटे, मोरङको ग्रामथान, आफ्नो निर्वाचन क्षेत्र गोरखा र चितवनमा सरकारको कटाक्ष गर्दै धेरै लामो समय सरकार नजाने बताएका छन् । विभिन्न जिल्लाहरुमा दौडधूप र साना दलहरुसँगको मोर्चाबन्दीबाट अध्यक्ष दाहालले ओली नेतृत्वको सरकार ढल्ने शक्ति सञ्चय गरिरहेको जानकारहरुले बताएका छन् ।
यता सत्ता साझेदार दल नेपाली काँग्रेसका नेताहरु शेखर कोइराला, शशांक कोइराला, चन्द्र भण्डारी, अर्जुननरसिंह के.सी.लगायतका नेताहरु सरकारको कार्यशैलीप्रति र जनताको डेलिभरी दिन नसकेकोप्रति असन्तुष्ट बनेको समाचार श्रोतले जानकारी दिएको छ । वर्तमान सरकारप्रति साना सातवटा राजनीतिक दलहरुले मोर्चाबन्दी गरेपछि आगामी माघ १८ गतेबाट शुरु हुने हिउँदे अधिवेशन प्रभावित बन्न सक्ने चर्चा चलेको छ ।
सरकारले दुई हप्ता पनि धैर्य गर्न नसकी पाँचवटा अध्यादेशहरु ल्याएपछि चौतर्फी विवादको घेरामा परेको छ । अध्यक्ष दाहाल जसरी पनि ओली सरकार ढाल्ने रणनीतिमा जुटेको बताइएको छ ।
दाहालको रटान– ओलीप्रति धुलो चटान
Facebook Comments Box